विश्व च्याम्पियन इंगल्याण्डको १० दिनमै विजोग

Yugnepal     663 पटक पढिएको    

विश्व च्याम्पियन इंगल्याण्डको १० दिनमै विजोग

 

काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेट च्याम्पियन इंगल्याण्डको उपाधि जितेको १० दिनमै विजोग भएको छ ।0

विश्वकप जितेको १० दिन नबित्दै इंगल्याण्ड कमजोर आयरल्याण्डसंग टेष्ट क्रिकेटमा निकै फितलो खेल खेलेको हो । 

एक मात्र टेष्टमा लर्डसको मैदानमा इंगल्याण्डले पहिले ब्याटिङ गर्दै ८५ रनमात्र जोड्यो । लज्जास्पद प्रदर्शन गरेको इंगल्याण्ड २३।४ ओभरमा अलआउट भएको थियो । 

जो डेन्लीले सर्वाधिक २३ रन बनाए । बलरहरु साम कुरानले १८ तथा ओली स्टोनले १९ रन बनाए ।

त्यसबाहेक कुनै व्याट्सम्यानले दोहोरो अंक जोडेनन् । तीन खेलाडीले खाता पनि खोलेनन् । 

टिम मुर्तागले ५ विकेट लिए । त्यसैगरी मार्क एडेरले ३ तथा बोइड रान्किनले २ विकेट लिए । 

जवाफमा आयरल्याण्डले पहिलो इनिङमा २०७ रन बनायो । एन्डी बालबिर्नेइले सर्वाधिक ५५ रन बनाए । स्टुआर्ड ब्रोड, साम कुरान र ओली स्टोनले ३–३ विकेट लिए । 

१२२ रनले पछि परेको इंगल्याण्डले दोस्रो इनिङ पनि थालेको छ । पहिलो दिन १ ओभर सम्भव भएको खेलमा इंगल्याण्डले रन जोडेन । 

बिहीबार इंगल्याण्डले आफ्नो इनिङ अगाडि बढाउने छ । 



बिहिबार ०९, साउन २०७६ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.