ज्ञानेन्द्र मल्लको शानदार कप्तानी इनिङ

Yugnepal     685 पटक पढिएको    

ज्ञानेन्द्र मल्लको शानदार कप्तानी इनिङ

ज्ञानेन्द्र मल्लको शानदार कप्तानी इनिङ

काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गर्ने बाटोमा अगाडि बढेको छ । 

नियमित कप्तान पारस खड्का चोटिल भएपछि कप्तानी सम्हालेका मल्लले कप्तानी इनिङ खेलेका हुन् ।  मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए । 

नेपालले टी–२० मा बनाएको फास्टेस्ट फिफ्टीको कीर्तिमान पनि मल्लले राखेका छन् । 

नेपालले मलेसियाबाट प्राप्त ८४ रनको लक्ष्य पूरा गर्ने चरण नजिक पुगेको छ । 

यसअघि वर्षाले गर्दा ढिला गरी सुरु भएको खेललाई ९ ओभरमा झारिएको थियो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ८३ रन बनायो । 

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए ।

कप्तान पारस खड्का चोटिल बनेपछि मलेसियाविरुद्ध नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ । 

विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना जिवित राख्न नेपाललाई यो खेल जित्नैपर्ने दवाव छ । 

पहिलो खेलमा मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसंग ४ विकेटले पराजित भएको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा २ खेलबाट ३ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ । 

मलेसिया १ खेलबाट २ अंकसहित दोस्रो, कतार २ खेलबाट २ अंकसहित तेस्रो र कुवेत २ खेलबाट १ अंकसहित चौथो स्थानमा छ । 

शीर्ष वरियताको नेपाल भने एक खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 



बुधबार ०८, साउन २०७६ १०:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.