मुक्का खाएर २८ वर्षे रुसी बक्सरको गयो ज्यान

Yugnepal     677 पटक पढिएको    

मुक्का खाएर २८ वर्षे रुसी बक्सरको गयो ज्यान

 

काठमाडौं । एक रुसी २८ वर्षीय बक्सरको विपक्षी खेलाडीको मुक्का खाएर ज्यान गएको छ । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो ।

अमेरिकाको मेरिल्याण्डमा सुब्रियल माटिसले प्रहार गरेको कडा पन्चले म्याक्सिमको निधन भएको हो ।

भिडन्तको ११ औं राउण्डमा माटिसको पन्चले टाउकोमा लाग्दा म्याक्सिम घाइते भएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालले उनलाई बचाउन सकेन ।

दुर्घटना गत शुक्रबार भएकामा त्यसको चार दिनपछि अस्पतालले उनलाई मृत घोषणा गरेको हो । 



बुधबार ०८, साउन २०७६ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.