बेल्डाँडीमा बाँडिएका खानेपानीका टंकी पानी बिनाका

Yugnepal     1184 पटक पढिएको    

बेल्डाँडीमा बाँडिएका खानेपानीका टंकी पानी बिनाका

बेल्डाँडीमा बाँडिएका खानेपानीका टंकी पानी बिनाका 

बेल्डाँडी फागुन ११ 
कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा  मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।
खानेपानी ट्याङ्की निर्माणका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएका   खानेपानी ट्याङकी निर्माण नभई अल्पत्र पारिए पछि स्थानीयले उक्त आयोजनाबाट पानी खान नपाएका हुन बजेटको सदुपयोग हुन सकेको छैन  । 

खानेपानी मन्त्री मगरले गत आर्थिक बर्ष फ्रिज जान लागेको रकम हतार हतारमा आफ्नो निर्वाचन क्षेत्रका  विभिन्न ठाउँमा खानेपानी ट्याङ्की, मोटर, फिल्टर र हेण्डपम्प, निर्माणका लागि विनियोजन गरेको रकम सदुपयोग हुन सकेको छैन  । कामै पुरा नभइ फरफारक भइसकेको तर अहिले ८ महिना वित्दा समेत पिउने पानीको काम सुचारु भएका छ्रैनन् । बेलडांडी क्षेत्रको विभिन्न ठाउँमा राखेका खानेपानी ट्याङ्की जिर्ण अवस्थामा रहेका छन् । कुनै ठाउँमा खानेपानी स्टेण्ड मात्र छ भने कुनै ठाउँमा केवल  ट्याङकी मात्र छन् । र  कुनै ठाउँमा खानेपानीको नामोनिसान केहि पनि छैन् । जनताका लागि यी ठाउँमा खानेपानीको व्यवस्था गरे जस्तो गरेर  जनतालाई जिस्क्याउने काम मात्र भएको पाइएको छ ।

निर्वाचन क्षेत्रका जनतासंग गरिएका बाचा विभिन्न भए पनि  अहिले भने जनताले कुनै विषयमा फोन गर्न खोज्दा फोन समेत उठाइदैन आफु जितेको ठाउँमा आउनु त कहाँ हो कहाँ जनताले फोन गर्दा फोन समेत नउठाउदा त्यसै क्षेत्रका कार्यकर्ता, नेता र नागरिक खिन्न भएका छन् । चुनावको बेलामा कञ्चनपुर की चेली हुँ  भन्दै जनतालाई फकाई फकाई मागेको भोटको सदुपयोग हुन नसकेको नेकपाका कार्यकर्ताहरुको भनाई रहेको छ ।
अधिकांस नेकपाका कार्यकर्ता मन्त्रीको यो हर्कतले दिक्काएका छन् । नाम नखोल्ने सर्तमा कार्यकर्ता भन्छन् “विना मगर भनेको राज परिवारकी सदस्य बराबरकी नारी हुन उसलाई जनता संग मतलव हुदैन किन की चुनावमा पैसा खर्च गरे पुग्छ भन्ने मान्यता बोकेकी छिन  ।” हामीले उसको जती विरोध गरेपनि केहि हुनेवाला छैन् किन की उनी प्रचण्ड परिवार की सदस्य भएकोले उनीलाई सधै प्रचण्डले ७७ जिल्लाका एक न एक ठाउँबाट स्थापित गर्ने देखिन्छ । त्यसैले वहाँको कुरा जे छ मनमा छ भन्दै मनमा राख्नु परेको बताए ।

खानेपानी मन्त्रीले भने आफुले जनताको काम गर्न बजेट विनियोजन गरेको कसले बदमासी गरेको भन्दै छानविन गरी कारवाही गर्ने बताइन । उनका अनुसार आफुले दिएको सबै बजेट पिच्छेका योजनाहरुको आफुले अनुगमन गर्न नसकिने र त्यहाँको सम्वन्धित निकायले हेर्नुपर्ने जानकारी गराइन  ।



शनिबार ११, फागुन २०७५ ०८:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal