केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नपठाए काम गर्न सकिँदैनः मुख्यमन्त्री शाही

Yugnepal     999 पटक पढिएको    

केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नपठाए काम गर्न सकिँदैनः मुख्यमन्त्री शाही

 

काठमाडौं,  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल पाँच सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पारेका हुन्।

विकास, निर्माणका कामलाई अघि बढाउन पाँच सय कर्मचारीको तत्काल आवश्यकता रहेको उनको भनाइ छ। मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै गर्न नसकेको पनि स्पष्ट पारे। 

उनले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलव, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाव दिए। कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पारे। उनले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यकता हुने बताए।



मङ्गलबार ०७, साउन २०७६ ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal