नेपालले खेल्ने यू(१९ एसिया कप क्रिकेट सर्‍यो

Yugnepal     653 पटक पढिएको    

नेपालले खेल्ने यू(१९ एसिया कप क्रिकेट सर्‍यो

काठमाडौं,  । नेपालसहित एसियाका टेष्ट राष्ट्रले प्रतिस्पर्धा गर्ने एसीसी यू(१९ एसिया कप क्रिकेट प्रतियोगिता सरेको छ । श्रीलंकामा आयोजना हुने यू(१९ एसिया कप एक साता पछि सरेको हो । एसियन क्रिकेट काउन्सिल ९एसीसी० का नेपाल प्रतिनिधि भावना घिमिरेले प्रतियोगिता एक साता पछि सरेको र नयाँ मिति तय भईसकेको जानकारी दिईन् ।

घिमिरेका अनुसार अब प्रतियोगिता सेप्टेम्बर ३ देखि १५ सम्म हुनेछ । खेल तालिका भने एसीसीले सार्वजनिक नगरेको घिमिरेले जानकारी गराईन् ।

यसअघि प्रतियोगिता २८ अगष्टबाट ८ सेप्टम्बरसम्म हुने तय भएको थियो । प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र तथा आयोजक श्रीलंका, साविकको विजेता भारत, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल दुई साता अघि मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो ।



सोमबार ०६, साउन २०७६ १२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.