एमबाप्पेलाई फकाउँदै पीएसजी

Yugnepal     694 पटक पढिएको    

एमबाप्पेलाई फकाउँदै पीएसजी

काठमाडौं, । टोलीका प्रभावशाली खेलाडी नेइमारले क्लब छाड्ने तयारी गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी अर्का स्टार केलियन एमबाप्पेलाई फकाउन थालेको छ ।

पीएसजीले एमबाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव समेत अघि सारेको छ । २० बर्षीय एमबाप्पेलाई पीएसजीले सर्वाधिक तलव र सुविधा सहित पाँच बर्षको नयाँ सम्झौताको प्रस्ताव गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

ब्राजेलियन स्टार नेइमारले पीएसजी छाड्ने सुर गरेपछि पीएसजी जसरी पनि एमबाप्पेलाई क्लबमा राख्ने र उनको भविष्य सुनिश्चित गर्ने अभियानमा लागेको छ ।

एमबाप्पले एक महिना अघि आफु नयाँ चुनौती मोल्न जुनसकै क्लबमा जानसक्ने घोषणा गरेका थिए । त्यतिबेलै झस्किएको पीएसजी एमबाप्पेलाई महंगो अनुबन्धन गर्न कस्सिएको हो ।

एमबाप्पेमाथि अहिले युरोपका अन्य ठूला क्लबहरुले आँखा गाडी रहेका छन् । एमबाप्पेलाई इङ्लिस क्लब म्यानचेस्टर सिटीले भित्र्याउन चाहेको समाचार समेत बाहिरिएको छ । पीएसजीले एमबाप्पेलाई ५० मिलियन युरोको प्रस्ताव गरेको बताईएको छ । एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पीएसजी आएका थिए ।

त्यसपछि एमबाप्पेलाई क्लबले मुख्य खेलाडीको रुपमा टोलीमा राख्दै आएको छ । फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका एमबाप्पेले गत सिजन ४३ खेल खेल्दै ३९ गोल गरको थिए ।



सोमबार ०६, साउन २०७६ १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.