नेपाली काँंग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३७ औं स्मृति दिवस आज देशभर मनाइँदै

Yugnepal     762 पटक पढिएको    

नेपाली काँंग्रेसका संस्थापक  नेता  बीपी कोइरालाको ३७ औं स्मृति दिवस आज देशभर  मनाइँदै


  नेपाली काँंग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवस आज देशभर  मनाएको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ ले पनि सो दिवसको अवसर पारि  आज लम्कीमा वृहत खुल्ला रक्तदान कार्याक्रमको आयोजा गरेको छ ।
स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।
जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए ।
नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्रा्ष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे ।
२०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।
मेलमिलापको नीतिको चर्चा गैर काँग्रेसी नेताले पनि गर्छन् । तर काँग्रेसभित्रै गुटको राजनीति भइरहँदा यो हाँस्यास्पदजस्तै लाग्छ ।
बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन् । राजनीतिमा शालीन मानिने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन् ।

मेलमिलापको नीति
बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वा्सित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड लिएको थियो ।

उनले फर्कने बेलामा मेलमिलापको नीति लिएर फर्केका थिए । उनले राजादेखि दलहरु अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरु सक्रिय हुन पाए ।
बीपीको त्यो नीति २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्ममा उत्तिकै महत्व रहेको छ ।
बीपीको मेलमिलापको नीति सत्ताधारी र विपक्षी दलहरु समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरु पनि बीपीलाई सम्झिरहन्छन् ।

काँग्रेसभित्रको हालत
वर्तमान अवस्थामा काँग्रेसले बीपीको नीतिलाई अंगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अवस्थामा बीपीको नीति सान्दर्भिक भए पनि अहिले काँग्रेसी नेताहरुले यो नीतिलाई भुल्दै गएको गुनासो आउँछ ।

सत्तारुढ दलले अहिलेसम्मकै कमजोर प्रतिपक्षीको आरोप लगाइरहेकाले यदि आजकै दिनदेखि फेरि काँग्रेसभित्र मेलपिलापको नीति अपनाउने हो भने पुनः पहिलो दल बन्न सक्नेमा काँग्रेसी नेताहरु आशावादी छन् ।
अहिले १४ औं महाधिवेशनको चर्चाले गर्दा नेतृत्व र इतर पक्षबीच वैचारिक द्धन्द्ध चर्किएको छ । यो समस्या आजको नभई पुरानै हो

 



सोमबार ०६, साउन २०७६ ११:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal