देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५र७६ को ११ महिना अर्थात जेठ मसान्तसम्मको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६।२ प्रतिशत रहेको छ भने एघार महिनाको औसत मुद्रास्फीति ४।५ प्रतिशत रहेको छ । आयातको वृद्धिदर भने १७।३ प्रतिशत र निर्यातको वृद्धिदर १८।७ प्रतिशत रहेको छ ।
यसैगरि ११ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १७।५ प्रतिशत र अमेरिकी डलरमा ८।१ प्रतिशतले बढेको छ । भने शोधनान्तर स्थिति रु।९० अर्ब ८३ करोडले घाटामा रहेको छ । सार्वजानीक तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३० अर्ब ८८ करोड कायम भएको छ । उक्त संचिति ७।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च रु। ७ खर्ब ९२ अर्ब ६३ करोड र राजस्व संकलन रु।७ खर्ब ४५ अर्ब ५९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ११।२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६।७ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्सै ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १३।३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १८।२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १९।० प्रतिशत र कर्जाको वृद्धिदर २०।८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
१। मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
२०७६ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६।२ प्रतिशत रहेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४।१ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ मुद्रास्फीति
२०७६ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३।० प्रतिशत रहेको थियो ।
गैर–खाद्य तथा सेवा मुद्रास्फीति
२०७६ जेठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ५।० प्रतिशत रहेको थियो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
२०७६ जेठ महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७।१ प्रतिशत, हिमालमा ६।५ प्रतिशत, तराईमा ५।८ प्रतिशत र पहाडमा ५।७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३।१ प्रतिशत, ६।४ प्रतिशत, ४।२ प्रतिशत र ४।९ प्रतिशत रहेको थियो ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०७६ जेठ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६।२० प्रतिशत र भारतको ३।१८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४।१ प्रतिशत र भारतको ५।० प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
२०७६ जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५।३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति १।२ प्रतिशत रहेको थियो ।
राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क
२०७६ जेठ महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ९।५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६।३ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६।६ प्रतिशत र ज्यालादर सूचकाङ्क १०।३ प्रतिशतले वृद्धि भएको छ ।
२। वाह्य क्षेत्र
वैदेशिक व्यापार निर्यात
आर्थिक वर्ष २०७५र७६ को एघार महिनामा कुल वस्तु निर्यात १८।७ प्रतिशतले वृद्धि भई रु।८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३३।३ प्रतिशत र अन्य मुलुकतर्फ १।५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७।१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
९आयात०
आर्थिक वर्ष २०७५र७६ को एघार महिनामा कुल वस्तु आयात १७।३ प्रतिशतले बढेर रु।१२९९ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३।६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५।१ प्रतिशत, चीनबाट भएको आयात ३०।७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६।१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम।एस। बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा कुल वस्तु व्यापार घाटा १७।२ प्रतिशतले विस्तार भई रु।१२११ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६।८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६।७ प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
२०७६ जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ० २।४ प्रतिशत र आयात मूल्य सूचकाङ्क १।९ प्रतिशतले बढेको छ । २०७५ जेठ महिनामा वार्षिक बिन्दुगत आधारमा ४।४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ जेठ महिनामा ०।५ प्रतिशतले बढेको छ ।
सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु।१० अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु।१ अर्ब ४४ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ९।७ प्रतिशतले वृद्धि भई रु।६८ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआय रु।६२ अर्ब ५७ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय १२ प्रतिशतले वृद्धि भई रु।८० अर्ब ४५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु।४० अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु।७१ अर्ब ८६ करोड रहेको थियो ।
३। विप्रेषण आप्रवाह
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७।५ प्रतिशतले वृद्धि भई रु।७९९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा व्यक्त गर्दा विप्रेषण आप्रवाह ८।१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९।७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति १६।६ प्रतिशतले वृद्धि भई रु।९०५ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०।१ प्रतिशतले बढेको थियो ।
अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३७।३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८।२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५।४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १।६ प्रतिशतले घटेको थियो ।
३। चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु।२४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु।२१० अर्ब २४ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब ३ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा २ अर्ब २० करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु।९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।४ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनामा ४ करोड ९९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ८० करोड ३१ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु।१३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु।११ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु।१५ अर्ब २ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु।१५ अर्ब ८८ करोड रहेको थियो ।
४। विदेशी विनिमय सञ्चिति
कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु।११०२ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु।१०३० अर्ब ८८ करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा रु।९८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु।८८५ अर्ब ८३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु।११३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु।१४५ अर्ब ५ करोड पुगेको छ । २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४।२ प्रतिशत रहेको छ ।
५। सञ्चिति पर्याप्तता सूचकहरू
आर्थिक वर्ष २०७५र७६ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८।८ महिनाको वस्तु आयात र ७।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २९।८ प्रतिशत, ६४।६ प्रतिशत र ३० प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६।४ प्रतिशत, ७८।६ प्रतिशत र ३५।६ प्रतिशत रहेका थिए
६। कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम ९द्यचभलत ऋचगमभ इष्०ि को मूल्य २०७५ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४।७७ रहेकोमा २०७६ जेठ मसान्तमा १५।६ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ६३।१३ हुन आएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ जेठ मसान्तमा प्रति आउन्स अमेरिकी डलर १३०२।७५ रहेकोमा २०७६ जेठ मसान्तमा ३।७ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३५१।२५ कायम भएको छ ।
७।विनिमय दर
२०७५ असार मसान्तको तुलनामा २०७६ जेठ मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १।८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ४।७ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ जेठ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु।१११।३९ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु।१०९।३४ रहेको थियो ।
८। सरकारी वित्त स्थिति
वित्त घाटारबचत
आर्थिक वर्ष २०७५र७६ को एघार महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु।३५ अर्ब ७७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु।१७७ अर्ब ८२ करोडले घाटामा रहेको थियो ।
सरकारी खर्च तथा राजस्व
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको कुल खर्च रु।७९२ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च रु।८३२ अर्ब ४ करोड रहेको थियो । समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन ९प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत० रु।७४५ अर्ब ५९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व संकलन रु।६२५ अर्ब ७७ करोड रहेको थियो ।
आन्तरिक ऋण परिचालन
समीक्षा अवधिमा नेपाल सरकारले रु।५३ अर्ब ३८ करोड बराबरको आन्तरिक ऋण परिचालन गरेको छ । अघिल्लो बर्षको सोही अवधिमा रु।१४४ अर्ब ७५ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको थियो ।
सरकारको नगद मौज्दात
२०७६ जेठ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा रु।१६४ अर्ब ५४ करोड ९स्थानीय तहको खातामा रहेको रु।६३ अर्ब २२ करोड समेत० नगद मौज्दात रहेको छ ।
९। मौद्रिक स्थिति
मुद्राप्रदाय
आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा विस्तृत मुद्राप्रदाय ११।२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १३।७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १६।७
प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति ९विदेशी विनिमय
मूल्याङ्कन नाफा÷नोक्सान समायोजित० रु।९० अर्ब ८३ करोड ९८।६ प्रतिशत० ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोसम्पत्ति रु।४ अर्ब ३४ करोड ९०।४ प्रतिशत० ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा १० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०।३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा सञ्चित मुद्रा ३ प्रतिशतले घटेको छ ।
कुल आन्तरिक कर्जा
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १८।४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा यस्तो कर्जा २५।१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९।३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी २१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०।६ प्रतिशतले बढेको छ ।
निक्षेप संकलन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३।३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३।५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ । २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९।२ प्रतिशत, ३२।५ प्रतिशत र ४७।६ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो अंश क्रमशः ८।६ प्रतिशत, ३४।५ प्रतिशत र ४५।७ प्रतिशत रहेको थियो । २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५।२ प्रतिशत रहेको छ । २०७५ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४।३ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८।२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९।९ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६।४ प्रतिशतले, विकास बैंकहरुको ३३।४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २०।८ प्रतिशतले बढेको छ ।
२०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४।४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३।६ प्रतिशत कर्जा चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को धितोमा प्रवाह भएको छ । २०७५ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१।४ प्रतिशत र १४।७ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९।६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०।५ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा १२।२ प्रतिशतले, डिमान्ड तथा चालुपुँजी कर्जा २३ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जा समेत० ११।१ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५।१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७।४ प्रतिशतले बढेको छ ।
तरलता व्यवस्थापन
आर्थिक वर्ष २०७५र७६ को एघार महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी कुल रु।१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु।७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु।२० अर्ब ७० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु।१३५ अर्ब २५ करोड तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा खुला बजार कारोबारमार्पmत्कुल रु।१४१ अर्ब २९ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु।१०७ अर्ब ३४ करोड तरलता प्रवाह भएको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु।१४६ अर्ब २८ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु।३८ अर्ब ३३ करोड यस्तो सुविधा उपयोग भएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार ९वाणिज्य बैंकहरु० बाट अमेरिकी डलर २ अर्ब ९२ करोड खुद खरिद गरी रु।३३० अर्ब ७२ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ७८ करोड खुद खरिद गरी रु।३९२ अर्ब ८ करोड खुद तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ९० करोड, यूरो ४ करोड ९० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड, जापानी येन २४ अर्ब र चिनीयाँ युआन २० करोड बिक्री गरी रु।४७८ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४ अर्ब ३६ करोड, यूरो ४ करोड र पाउण्ड स्टर्लिङ्ग ९ करोड बिक्री गरी रु।४५४ अर्ब १९ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो
पुनरकर्जा
उत्पादनशील क्षेत्रतर्पm कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७६ जेठ मसान्तसम्ममा बैंकको रु।२२ अर्ब ४० करोड पुनरकर्जा लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु। १९ अर्ब २७ करोड र निर्यात पुनरकर्जा रु।८६ करोड ६८ लाख उपयोग भएको छ ।
भूकम्प पीडितहरुलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ जेठ मसान्तमा रु।२ अर्ब २५ करोड रहेको छ । यस्तो कर्जा १५७८ जना ऋणीले उपयोग गरेका छन् । २०७६ जेठ मसान्तसम्ममा “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि, २०७५” बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १५,९१६ जना ऋणीको रु।२९ अर्ब ३६ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सो कार्यविधिमा व्यवस्था भएका अन्य क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये ७६६ जना ऋणीको रु।४१ करोड ३२ लाख कर्जा बक्यौता रहेको छ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि कुल रु।१ अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको छ ।
अन्तर–बैंक कारोबार
आर्थिक वर्ष २०७५र७६ को एघार महिनामा वाणिज्य बैंकहरुबीच रु।१५५४ अर्ब ६५ करोड र बैंक तथा वित्तीय संस्थाहरु बीच ९वाणिज्य बैंकहरुबीच बाहेक० रु।१९४ अर्ब ८५ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोवार क्रमशः रु।१०८२ अर्ब ४० करोड र रु।४३ अर्ब २८ करोड कारोबार गरेका थिए ।
ब्याजदर
२०७५ जेठमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४।३८ प्रतिशत रहेकोमा २०७६ जेठमा ५।५० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ जेठको ४।१८ प्रतिशतको तुलनामा २०७६ जेठमा ६।९१ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ जेठको १०।४१ प्रतिशतको तुलनामा २०७६ जेठमा ९।४८ प्रतिशत कायम भएको छ । २०७६ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६।६४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२।२० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६।६१ प्रतिशत र १२।४२ प्रतिशत रहेका थिए ।
मर्जर तथा प्राप्ति
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ जेठ मसान्तसम्म कुल १६५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जररप्राप्ति प्रक्रियामा सामेल भईसकेका छन्। यसमध्ये १२३ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।
वित्तीय पहुँच
कुल ७५३ स्थानीय तहमध्ये २०७६ जेठसम्म ७३० तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्यामा २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७६ जेठ मसान्तमा
१७६ पुगेको छ । २०७६ जेठ मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७६ जेठ मसान्तमा ८५६४ पुगेको छ ।
पूँजी बजार
२०७५ जेठ मसान्तमा १२४७।३ विन्दु रहेको नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा १।८ प्रतिशतले वृद्धि भई २०७६ जेठ मसान्तमा १२६९।६ विन्दु पुगेको छ । २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२१२।४ विन्दु कायम रहेको थियो ।
धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा ७।३ प्रतिशतले बृद्घि भई २०७६ जेठ मसान्तमा रु। १५७९ अर्ब ३९ करोड कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७५ जेठ मसान्तमा २०।६ प्रतिशतले ह्रास भई रु।१४७१ अर्ब ८१ करोड कायम भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५र७६ को कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५।५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४८।६ प्रतिशत रहेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ जेठ मसान्तमा २१३ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, ३० वटा जलविद्युत कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा रु।४१८ अर्ब ८७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा रु।२६ अर्ब ९९ करोड बराबरको साधारण, शेयर रु। ९ अर्ब २६ करोड बराबरको हकप्रद शेयर, रु।२० अर्ब ८९ करोड बराबरको बोनस शेयर र रु।७५ करोड १७ लाख बराबरको डिबेञ्चर गरी कुल रु।५७ अर्ब ९० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
बैंकिङ खबर बाट साभार समाचार।
प्रतिकृया दिनुहोस