डीपीएलः दुबै फाइनलका कप्तानको उपाधि उचाल्ने दाबी

खेलकुद

Yugnepal     967 पटक पढिएको    

डीपीएलः दुबै फाइनलका कप्तानको उपाधि उचाल्ने दाबी

डीपीएलः दुबै फाइनलका कप्तानको उपाधि उचाल्ने दाबी
फागुन ११


धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग डीपीएल टि–२० क्रिकेट प्रतियोगिताको फाइनल आज हुदैँछ।

 ल्क्ष्ऋ ब्क्क्ष्ब्  द्यबवबव ल्भउब
िफाइनलमा शरद भेषावकरको नेतृत्वमा रहेको महेन्द्रनगर यूनाइटेड र दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सिवासी अत्तरिया भिड्दैछन्। फाप्ला क्रिकेट मैदानमा फाइनल खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ।

डीपीएलको पहिलो संस्करणमा शरद भेषावकरको नेतृत्वमा रहेको विराटनगर किंग्स उपविजेता बनेको थियो। तर, दीपेन्द्रका लागि भने डीपीएल पहिलो फाइनल हो।

प्रतियोगिताभरी नै उत्कृष्ट लयमा रहेको सिवाइसी अत्तरियाका कप्तान दीपेन्द्र आफूहरुले प्रतियोगितामा गर्दै आएको प्रदर्शनलाई निरन्तरता दिन सके च्याम्पियन बन्ने बताउँछन्।

‘हामीले जसरी क्रिकेट खेलिरहेका छौँ । त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्ने छौं,’ कप्तान दस्पेन्द्रले भने, ‘फाइनलमा दबाब लिएर खेल्ने छैनौं । हामी जसरी खेलिरहेका छौं त्यसलाई हेर्दा हामी फाइनल जित्छौ ।’

अर्को टोली महेन्द्रनगर यूनाइटेडका कप्तान शरद आफूहरु जुन उदेश्यका लागि आएका थियौं, त्यो लक्ष्य हासिल गर्न एक खेलमात्रै बाँकी रहेको बताउँछन्।

‘जुन लक्ष्य लिएर आएका थियौं । अहिलेसम्म पुरा हुँदै आएको छ । अब एक खेल बाँकी छ ,’ महेन्द्रनगरका कप्तान शरदले भने, ‘योजना सामान्य छ । राम्रो क्रिकेट खेलिरहेका छौँ । हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं । ट्रफी जित्ने छौं ।’

प्रतियोगिताको च्याम्पियन टोलीले ३० लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले १२ लाख पाउनेछ । यस्तै तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले ९सुनको जुत्ता०, प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु १५ हजार,म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।



शनिबार ११, फागुन २०७५ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal