यस्तो रोमाञ्चक विश्वकपको फाइनल न पहिले भएको थियो न अब होला

Yugnepal     661 पटक पढिएको    

यस्तो रोमाञ्चक विश्वकपको फाइनल न पहिले भएको थियो न अब होला

 

काठमाडौं । इंगल्याण्डमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । नियमित ५० ओभरमा बराबरी भएपछिको सुपर ओभरमा पनि बराबरी भएपछि सबैभन्दा बढी चौका हानेको आधारमा इंगल्याण्डले उपाधि जितेको हो । 

इंगल्याण्डले आइतबार राति लर्डसमा भएको खेलमा सुपर ओभरमा २ समेत गरी २६ वटा चौका हानेको थियो भने न्यूजिल्याण्डले सुपर ओभरमा १ गरी १७ वटा चौका हानेको थियो । 

अहिलेसम्मकै रोमाञ्चक फाइनल जितेसंगै इंगल्याण्डले पहिलो विश्वकपको उपाधि जितेको छ । 

चौथो पटकको फाइनल प्रयासमा इंगल्याण्डले उपाधि जितेको हो । सन् १९७५ मा विश्वकप इंगल्याण्डमै भएको थियो । 

यस्तो छ यसअघिको खेल 
सुपर ओभर इंगल्याण्ड ब्याटिङ
बेन स्टोक्स र जोस बट्लरले ब्याटिङ गरेकामा ट्रेन्ट बोल्टले बलिङ गरे । पहिलो बलमा स्टोक्सले ३ रन लिए । 
दोस्रो बलमा बट्लरले १ रनमात्र लिए । तेस्रो बलमा स्टोक्सले चौका हाने । पाँचौं बलमा स्टोक्सले १ रनमात्र बनाए । 
पाँचौं बलमा बट्लरले २ रन लिए । अन्तिम बलमा बट्लरले ४ रन बनाए । इंगल्याण्डले १५ रन बनायो । 

सुपर ओभर न्यूजिल्याण्ड ब्याटिङ
मार्टिन गुप्टिल र जिम्मी निसम ब्याटिङका लागि आए भने जोफ्रा आर्चरले बलिङ गरे । 

१६ रनको लक्ष्य लिएर उत्रिएको न्यूजिल्याण्डले पहिलो रन उपहार पायो । आर्चरले वाइड फाले । 

पहिलो बलमा निसमले २ रन लिए । दोस्रो बलमा निसमले छक्का हाने । तेस्रो बलमा निसमले २ रन लिए । 

चौथो बलमा सिनमले दुई रन लिए । पाँचौं बलमा निसमले १ रन लिए । अन्तिम बलमा दुई रन जितका लागि जरुरी भएकामा गुप्टिलले १ रन बनाएर आउट भए । 

यसअघिको नियमित इनिङ

इंगल्याण्डको इनिङ
२४२ रनको लक्ष्य लिएर उत्रिएको इंगल्याण्डले सबै विकेट गुमाएर ५० ओभरमा २४१ रन नै बनायो । 

अन्तिम ओभरमा १५ रनको जरुरी थियो । १४ रन बनाए टाइ हुने थियो । अन्ततः टाइ नै भयो । २ विकेट ढल्यो । दुई डट बल, त्यसपछि छक्का अनि दुई रन लिँदा ओभर थ्रो भएपछि अतिरिक्त ४ रन हुँदा त्यो बलमा ६ रन भयो । त्यसपछि दुई बलमा तीन रनको जरुरी हुँदा एक रन लिँदै रनआउट हुँदा सबै विकेट पनि गुम्यो अनि १४ रन पनि बन्यो । 

बेन स्टोक्स ९८ बलमा नटआउट रहँदै ८४ रन बनाउन सफल भए । जेम्स निसम र लक्की फर्गुसनले ३–३ विकेट लिए । 

न्यूजिल्याण्डको इनिङ
न्यूजिल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्यो । न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २४१ रन बनायो । 

हेन्री निकोल्सले ७७ बलमा ५५ रन बनाए । टोम लाथमले ५६ बलमा ४७ रन बनाए । 

क्रिस वोक्स र लियाम प्लंकेटले ३–३ विकेट लिए  ।



सोमबार ३०, असार २०७६ १२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.