अहिलेसम्मकै लामो विम्बल्डनको फाइनलको अन्तिममा चिप्लिए फेडेरर, जिते जोकोभिचले काठमाडौं । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले जितेका छन् । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिकले लण्डनमा आइतबार राति भएको फ

Yugnepal     685 पटक पढिएको    

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले जितेका छन् । 

लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिकले लण्डनमा आइतबार राति भएको फाइनलमा विश्व नम्बर दुई स्वीस स्टार रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गरे । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७–६, १–६, ७–६ ९७–४०, ४–६ र १३–१२ ९७–३० को सेटमा पराजित गरे ।

विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल बनेको उक्त भिडन्त जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । 

योसंगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् । उनको यो पाँचौ विम्बल्डन उपाधि हो । 

जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् । फेडेररले २० र स्पेनिश विश्व नम्बर ३ खेलाडी राफाइल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

महिलातर्फको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् ।

सोमबार ३०, असार २०७६ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...

Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.