मलेसियाविरुद्धको टी(२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’

Yugnepal     685 पटक पढिएको    

मलेसियाविरुद्धको टी(२० सिरिज नेपालद्वारा ‘क्लिन स्विप’

काठमाडौं, ।  मलेसियाविरुद्धको २ खेलको टी(२० सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ। आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो।

यसअघि नेपालले शनिबार भएको पहिलो टी(२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।  आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो। तर नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो।

मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान अजिजले ५० रनको योगदान दिए। उनले ३७ बलमा ७ चौका र १ छक्का हिर्काए। अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे।

अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो। तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए।

मलेसियाका लागि अमिमुद्दीन रामले ११ बलमा ३ छक्काको मद्दतमा २४ रन बनाए। मोहमद साहददले नटआउट २१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २(२ विकेट लिए। अभिनास बोहोरा, करण केसी र कप्तान पारस खड्काले १(१ हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका र ५ छक्का हिर्काए।

शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २(२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए। यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का हिर्काए।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए। आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी(२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी(२० सिरिज खेलेको हो।



आइतबार २९, असार २०७६ ०२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.