नेपालको सनसनीपूर्ण प्रदर्शन, मलेसियामाथि ६ रनको जित, राख्यो कीर्तिमान

Yugnepal     684 पटक पढिएको    

नेपालको सनसनीपूर्ण प्रदर्शन, मलेसियामाथि ६ रनको जित, राख्यो कीर्तिमान

 

काठमाडौं । नेपालले कीर्तिमानसहित पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्लिनस्वीप गरेको छ । मलेसियालाई २ खेलको सिरिजमा २–० अन्तरको जितसहित क्लिनस्वीप गरेको हो । 

किन्रारा ओभलमा भएको दोस्रो खेलमा नेपालले ६ रनको जित निकालेको हो । पहिलो खेलमा शनिबार नेपालले ७ विकेटको जित निकालेको थियो । 

यो जितले नेपालले कीर्तिमान राखेको छ । 

मलेसियाले ७ विकेटको नोक्सानीमा १६७ रन बनायो । मलेसियाले १७४ रनको चुनौती पछ्याएको थियो । 

मलेसियाको खेल
मलेसियाले ७ विकेटको नोक्सानीमा एक सय ६७ रन बनायो । पहिलो विकेटका लागि ७५ रनको उत्कृष्ट साझेदारी गरे पनि मलेसिया हार्यो । 

सइद अजिजले ५० तथा अमिनुद्दिन राम्लीले २४ रन बनाए । 

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए । करण केसी, पारस खड्का र अविनाश बोहराले १–१ विकेट लिए ।  
 

नेपालका कसले कति रन बनाए 

ओपनिङमा आएका कप्तान पारस खड्काले पवन सर्राफसंग पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरे । सर्राफ व्यक्तिगत १० रनमा आउट भए । 

त्यसपछि आएका ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाउन सके । पारस पनि १९ बलमा २३ बनाएर आउट भए । उनले २ छक्का र २ चौका हानेका थिए । 

४२ रन बनाउँदा नेपालले ३ विकेट गुमाएको थियो । 

रोहितकुमार पौडेल र शरद भेषवाकरले नेपालको ब्याटिङ सुधारेका थिए चौथो विकेटका लागि । उक्त क्रममा रोहितले १९ रन बनाए । 

शरदले राम्रो खेल्ने क्रममा लामो प्रहार गर्न खोज्दा क्याच आउट भए । शरदले २८ बल खेलेर ४० रन बनाए । उनले २ छक्का र ४ चौका प्रहार गरे । 

छैटौं विकेटका रुपमा करण केसीले १० बलमा १६ रन बनाएर आउट भए । 

नेपालका लागि विनोद भण्डारीले पनि उत्कृष्ट खेलेका छन् । विनोदले २५ बलमा ५१ रन बनाएका छन् । उनले ५ छक्का र ३ चौका बनाए । 

सोमपाल कामीले नटआउट १ रन बनाए ।

आईसीसीबाट टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर ले पाएको हो । 

सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–२० सिरिज खेलेको हो । 

यस्तो थियो पहिलो खेल

मलेसियाले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १२८ रन बनायो । 

जवाफमा नेपालले १८।३ ओभरमा ३ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो । 

कप्तान पारसले नटआउट ८६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले १ विकेट हात पारेका थिए ।



आइतबार २९, असार २०७६ ११:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.