फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो जित

खेलकुद

Yugnepal     817 पटक पढिएको    

फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो जित

फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो जित

 फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो जित
एजेन्सी । केलियन एमबाप्पेले यो सिजन २० गोल गरेको दिन पिएसजीले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ५–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीका लेभिन कुर्जावा, एन्जल डी मारिया, क्रिस्टोफर एनकुन्क र किलियन एमबाप्पेले गोल गरे । १ गोल पिएसजीले उपहार पाएको थियो ।

१३ औं मिनेटमा लेभिनको गोलबाट पिएसजीले अग्रता लिएपनि ३१ औं मिनेटमा मोलेटले फ्रिकिकमार्फत् बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा एन्जल मारियाले पिएसजीलाई दिलाएको अग्रता ७३ औं मिनेटमा क्रिस्टोफरले ३–१ मा पुर्याए ।


७८ औं मिनेटमा भिटोरिनो हिल्टनले आत्मघाती गोल गरेपछि पीएसजीले उपहार गोलबाट अग्रता ४–१ मा पर्ुयायो । ७९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको जित ५–१ ले निश्चित गरे । जितसँगै पीएसजी २४ खेलमा ६५ अंकसहित लिगको शिर्ष स्थानमा छ । 



शुक्रबार १०, फागुन २०७५ ०३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.