इंगल्याण्डको फाइनल नजर, बलियो अष्ट्रेलिया

Yugnepal     714 पटक पढिएको    

इंगल्याण्डको फाइनल नजर, बलियो अष्ट्रेलिया

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहीबार आयोजक राष्ट्र र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ । बर्मिघममा दिउँसो ३ः१५ हुने खेलमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई माथ दिँदै इंगल्याण्ड फाइनल पुग्न चाहन्छ । 

इंगल्याण्डले अहिलेसम्म उपािध जित्न सकेको छैन । तर तीन पटक फाइनल भने पुगेको छ । अष्ट्रेलिया भने आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ बिहीबार मैदान उत्रन चाहन्छ ।

अष्ट्रेलिया सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाईनल पुगेको थियो । सात पटक फाइनल पुगेमध्ये सन् १९७५ र १९९६ मा मात्र उपविजेता बनेको थियो । बाँकी फाइनल उसले जितेको इतिहास छ ।

इंगल्याण्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर तीनै पटक उपविजेतामा सिमित बनेको थियो । 

२७ वर्षपछि फाइनल पुग्ने लक्ष्य इंगल्याण्डको छ । 

लिगमा दोस्रो भएर अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो भने इंगल्याण्ड तेस्रो भएर सेमिफाइनलमा पुगेको हो । 

लिग चरणमा इंगल्याण्ड अष्ट्रेलियासंग ६४ रनले हार्न पुगेको थियो । यसको बदला लिने सम्भावना इंगल्याण्डलाई छ । 

हेड टु हेड
एक दिवसीयमा आपसमा १४८ खेल भएकामा अष्ट्रेलियाले ८२ खेल जित्दा इंगल्याण्डले ६१ खेल जितेको थियो । 

२–२ खेल टाइ र नतिजाविहीन भएका छन् । विश्वकपमा यी टिमबीच आठ पटक भिडन्त भएको छ । जसमा अष्ट्रेलिया ६ र इंगल्याण्ड २ पटक विजयी भएको छ । 



बिहिबार २६, असार २०७६ १०:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.