पीएसजीले भन्यो– नेयमारले क्लब छाड्न सक्छन्

Yugnepal     706 पटक पढिएको    

पीएसजीले भन्यो– नेयमारले क्लब छाड्न सक्छन्

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले उपयुक्त प्रस्ताव आएका नेयमारले क्लब छाड्न सक्ने बताएको छ । पीएसजीका खेल निर्देशक लियोनार्दोले सबैलाई उपयुक्त हुने प्रस्ताव आएमा नेयमारले क्लब छाड्न सक्ने बताएको हुन् ।

ब्राजिली फरवार्ड प्रि सिजनको पहिलो दिनको प्रशिक्षणमा अनुपस्थित रहेका थिए । क्लबले सो बिषयमा उपयुक्त कारबाही गर्ने बताएको छ ।

२७ बर्षका फरवार्ड पछिल्लो समय स्पेनिस क्लब बार्सिलोनासंग जोडिएका छन् । लियोनार्दोले अहिलेसम्म पीएसजीले कुनैपनि प्रस्तावलाई स्विकार नगरेको बताएका छन् । उनले बार्सिलोनासंग सतही रुपमा कुराकानी अघि बढेको भने स्विकार गरेका छन् ।

नेयमार सन् २०१७ मा कीर्तिमानी मुल्य २ सय २२ मिलियन युरोपमा पीएसजी आएका थिए । ‘सबै बिषय स्पष्ट छ । तर फुटबलमा तपाई आज एउटा कुरा भन्नुहुन्छ, भोली अर्को । यो आश्चार्य चकित छ तर यो यस्तै हो ।’ उनले भनेका छन् ।

‘नेयमारले पीएसजी छाड्न सक्छन् । तर सबैलाई उपयुक्त प्रस्ताव आउनुपर्यो ।’ उनले थपे । ‘तर आजको मितिसम्म कसैले समेत उनलाई किन्न खोजिरहेको छैनन । यो सबै एक दिनमा हुन सक्दैन ।’ उनले भनेका छन् । ‘पीएसजी त्यस्ता खेलाडी चाहन्छ । जसले यहाँ बसेर केही ठुलो गर्न सक्छ । तर जो क्लबलाई मन पराउँदैन, त्यस्ता खेलाडी क्लबलाई चाहिदैन ।’ लियोनार्दोले भने ।



बुधबार २५, असार २०७६ ०५:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.