सन्की सेरेनालाई जरिवाना

Yugnepal     799 पटक पढिएको    

सन्की सेरेनालाई जरिवाना

 

काठमाडौं । पूर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स बढी सन्की हुँदै गएकी छिन् । 

विम्बल्डन टेनिस खेलका क्रममा दुव्र्यबहार गरेकी सेरेनालाई विम्बल्डनले उनलाई जरिवाना गरेको छ । उनलाई ८ हजार पाउन्ड जरिवाना तिर्नुपर्ने भएको छ ।

प्रतियोगिता सुरु हुनुअघिको अभ्यासको क्रममा टेनिस कोर्ट बिगारेको भन्दै विम्बल्डनले सेरेनालाई जरिवाना गरिएको हो । 

सेरेनाले टेनिस र्याकेटले हिर्काएर कोर्ट बिगारेकी थिइन् । 

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेकी छिन् । सेरेनाले क्वाटरफाइनलमा अमेरिकी खेलाडी एलिसन रिस्केलाई ६–४, ४–६, र ६–३ को सेटमा गरेकी थिइन् ।

यस्तै विम्बल्डनले इटालीका फाबियो फेगेनीलाई पनि ३ हजार अमेरिकी डलर जरिवाना लगाएको छ ।


सेरेनालाई आफ्नै दिदी भेनससंग अभ्यास गर्दा कार्वाही गरिएको हो । 

सेरेना विम्बल्डनकी सात पटककी च्याम्पियन हुन् । 



बुधबार २५, असार २०७६ १०:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.