तनहुँ हाइड्रोका लागि चार कम्पनीको प्रस्ताव

Yugnepal     614 पटक पढिएको    

तनहुँ हाइड्रोका लागि चार कम्पनीको प्रस्ताव

 

काठमाडौं,  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका गर्न चार वटा कम्पनीले बोलपत्र पेश गरेका छन्।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन हिजोसम्म चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन्। दातृ निकाय एसियाली बिकास बैक ९एडीबी०को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरि बोलपत्र आह्वान गरिएको थियो।

बोलपत्र पेश गर्ने कम्पनीमा चीनको चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र भियतनामको सोङ डा कर्पोरेसन तथा नेपालको कालिका कन्ट्रक्सन जेभी रहेका छन्।

कम्पनीले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङ्कन गरि सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए। ‘प्राविधिक बोलपत्रको मूल्याङ्कन आगामी भदौको दोस्रो साता अगस्ट २०१९ भित्रमा सम्पन्न गरि सहमतिका लागि एडीबीमा पठाउँछौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं,’ उनले भने, ‘कात्तिकको दोस्रो साता अक्टोवर २०१९ भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता ९डिसेम्बर २०१९० भित्रमा आयोजनास्थलमा निर्माण व्यववसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ।’

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो। सुरुआतमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ ९ जुन २०१९ तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थपिएको थियो।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको एक सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुइटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नु पर्नेछ। पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैक ९एडीबी० र युरोपेली लगानी बैक ९इआइबी०को सहुलितपूर्ण ऋण परिचालन हुनेछ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ। सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ। कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको छ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख ९प्रशारण लाईन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसमेत० रहेको छ।

यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाईका०ले १८ करोड ४० लाख, इआईबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरि वित्तीय व्यवस्थापन गरिएको छ।

यसको लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण, प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरू सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र जुन २०२४ सम्पन्न गर्ने लक्ष्य रहेको  छ।



सोमबार २३, असार २०७६ ०४:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal