काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले दक्षिण एसियाको उदाउँदो ताराका रूपमा हेर्न लागेकोमा खुशी व्यक्त गरेका छन्। राष्ट्रियसभाको प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ति विश्वबैंकको आईएफसी ग्रूपका चेयरमेनले भन्नुभो( नेपाल दक्षिण एसियाको राइजिङ स्टार हो। नेपालबारे सकारात्मक टिप्पणी हुँदा हामीलाई खुशी लाग्नु पर्दैनरु’
मन्त्री ज्ञवालीले आन्तरिक विषयमा समेत वाह्य शक्तिलाई भित्र्याउन र कैयौँ बेलामा हस्तक्षेप हुने कुरालाई समेत प्रतिवाद गरिरहेको स्थितिबाट आज नेपाल यो अवस्थामा आइपुगेको बताए।
उनले नेपाल(भारत सीमास्तम्भ पुनर्निर्माण भइरहेको बताए। उनले भने, ‘नेपाल भारत एक हजार आठ सय ८० किलोमीटर सीमालाई स्पष्ट पार्ने, सीमास्तम्भलाई मर्मत र सुधार गर्ने, विवाद रहेका ठाउँमा विवाद सल्टाउने निरन्तर प्रयास जारी छ।’
यो काम सन् २०१४ देखि अघि बढाइरहेको बताउँदै उनले भने, ‘आठ हजार पाँच सय ५७ पिलरमध्ये झण्डै आधा नयाँ निर्माण भएर काम अघि बढेको छ। बाँकी पनि निरन्तर अघि बढाइरहेका छौँ।’
मन्त्री ज्ञवालीले आवतजावत गर्ने नागरिकलाई बेलाबखत पर्ने समस्याहरूबारे भने, ‘सुरक्षाकर्मीबाट पर्ने समस्याहरूबारे हामीले निरन्तरको सम्पर्कमार्फत् समाधान गर्दै आएका छौँ। त्यसलाई समाधान गर्ने दायित्व नेपाल र भारत दुबै देशको हो।’
नेपाल(भारत खुल्ला सीमा इतिहासको महत्वपूर्ण विरासत भएको बताउँदै त्यसले दुबै देशका जनताका लागि अनुकूल पनि बनाएको पनि उनले दाबी गरे। उनले भने, ‘सँगसँगै त्यो सीमाको दुरुपयोग नहोस्, अपराधीले सीमाआरपार अपराध गर्न नपाउन् अवाञ्छित तत्वले त्यसबाट लाभ उठाउन नपाउन् भन्ने कुरामा पनि हामी त्यत्तिकै सचेत छौँ।’
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुुँदै गएको दाबी गर्दै उनले भने, ‘नेपालजस्तो देश जो लामो समय संक्रमणमा थियो, अलमलमा थियो। नेपालको पहिचान केबल रेमिटेन्समा बाँचेको, नौ(नौ महिनामा सरकार फेरिने र आर्थिक विकास कहिल्यै प्राथमिकतामा नपरेको देश थियो। अब त्यो फरिएको छ।’
मन्त्री ज्ञवालीले भने, ‘विश्व आर्थिक मञ्चको ३९ वर्षको इतिहास छ । यसमा कुनै प्रधानमन्त्रीलाई बोलाइएको थिएन । अक्सफोर्डको एक हजार वर्षको इतिहास छ । कुनै प्रधानमन्त्रीलाई बोलाइएको थिएन यो लेभलमा । उहाँहरूलाई बोलाएर केही कुरा हुँदा यसमा सिंगो देशले गर्व गर्नुपर्ने हो । त्यहाँ कुनै पार्टीको नेतालाई बोलाएको हैन, देशको प्रधानमन्त्रीलाई बोलाएको हो । यस्ता सम्बन्धलाई दलीय आँखाबाट हेर्नु जरुरी छैन।’
प्रधानमन्त्री र मन्त्रीका भ्रमणहरू सम्बन्धलाई उच्च स्तरबाट सुदृढ गर्न गरिने पनि उनले बताए । भने, ‘पर्यटनका लागि विदेश जाने हैन । नेपालले यति ठूलो परिवर्तन ग¥यो । राजतन्त्र थियो, गणतन्त्र आयो । एकात्मक थियौँ, संघीयतामा गयौँ । हिजो द्वन्द्व थियो, आज शान्ति कायम भएको छ । हिजो समावेशी थिएन, आज ४१ प्रतिशत महिला समावेशीसहितको लोकतन्त्र छ । हाम्रो खुशीमा खुशीयाली बाँड्नुस् भन्न पर्दैनरु’
सरकारको समग्र ध्यान विकासमा केन्द्रित रहेको बताउँदै उनले भने, ‘हाम्रो मात्र रिसोर्सले पुगेन, अब हामी तपाईंलाई अनुदान मात्र दिनुस् भन्दैनौँ । लगानी गरिदिनुस्, नाफा कमाउनुस् । हामीलाई रोजगारी दिनुस् र कर र रोयल्टी तिर्नुस् । कि हामी पिँजडाभित्र थुनिएर बढीमा दुई छिमेकीमा मात्र सीमित हुने हो हामीले पखेटा फैलाएर अघि बढ्नै छ ।’ उनले नेपाल सधैँ लेबर माइग्रेसनको देश नभई त्योभन्दा बढी केही हो भन्ने देखाउनु रहेको पनि बताए।
सरकार एपीजी रिपोर्टको कार्यान्वयनको पर्खाइमा रहेको बताउँदै भने, ‘दुबै देशमा प्रधानमन्त्रीजीको पहलबाट एक्काइसँौ शताब्दीमा सम्बन्ध कस्तो बन्नुपर्छ भन्ने टीओआर सहित समग्र पुनरावलोकन गरी अघि बढाउनका लागि गठन भएको हो । खुशीको विषय के भने ईपीजीका आठै जना प्रबसद्ध व्यक्तिहरूले सर्वसम्मत त्यो रिपोर्ट तयार गर्नुभएको छ । त्यसको कार्यान्वयनले नेपालभारत सम्बन्धलाई साँच्चै एउटा उचाइमा उठाउँछ । हामी त्यसको कार्यान्वयनको पर्खाइमा छौँ।’
प्रतिकृया दिनुहोस