घरेलु टोली मलेसियालाई पाखा लगाउदै नेपाल फाइनलमा

Yugnepal     703 पटक पढिएको    

घरेलु टोली मलेसियालाई पाखा लगाउदै नेपाल फाइनलमा

एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

नेपालले १५ ओभर पाँच बलमा तीन विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि भीम सार्कीले अविजित ३३ र रोहितकुमार पौडेलले अविजित ३१ रन बनाए ।

यसअघि नेपालका सागर ढकालले तीन र कुशल मल्लले दुई विकेट लिएको खेलमा मसेसियाले ४० दशमलव ५ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।

समूह चरणका दुवै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । उता, मलेसिया भने समूहका ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा सिंगापुर र हङकङ भिडिरहेका छन् । सो खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिश्पर्धा गर्नेछ ।



सोमबार २३, असार २०७६ ०१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.