मलेसिया ८७ रनमा अलआउट नेपाललाई सामान्य लक्ष्य

Yugnepal     704 पटक पढिएको    

मलेसिया ८७ रनमा अलआउट नेपाललाई सामान्य लक्ष्य

 

काठमाडौं,  । मलेसियामा जारी एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा आयोजक मलेसियाले नेपाललाई जितका लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनायो ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ। समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो ।

साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।

समूह चरणमा नेपालले २ खेलमा २ जित निकालेको थियो । मलेसियाले ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । समूह बी मा रहेको मलेसियाले थाईल्याण्ड र भुटानलाई पराजित गर्दा हङकङसँग हार व्यहोरेको थियो 



सोमबार २३, असार २०७६ १२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.