दुःखी पूर्व राजा ज्ञानेन्द्रले मनाएनन् आफ्नो जन्मोत्सव

Yugnepal     769 पटक पढिएको    

दुःखी पूर्व राजा ज्ञानेन्द्रले मनाएनन् आफ्नो जन्मोत्सव

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको जन्मोत्सव नमनाउने भएका छन् । उनले आफन्तहरुको निधन भएको कारण देखाउँदै यस वर्ष जन्मोत्सव नमनाउने निर्मल निवास स्रोतले जनाएको छ ।

तिथिले भन्दा पनि मितिले २०७६ असार २३ गते ७३ वर्ष लागेका शाहले यसअघि तामझामसहित जन्मोत्सव मनाउने गरेका थिए । 

उनका आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणा लगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ ।

उनी सोमबार निर्मल निवासमा पनि बस्ने छैनन् । तर उनी उपत्यका बाहिर पनि गएका छैनन् । सम्भवतः नागार्जुनमा सीमित व्यक्तिहरुसंग रहने स्रोतले बताएको छ । 



सोमबार २३, असार २०७६ ११:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.