सागर ढकालले लिए ३ विकेट, मलेसिया धरापमा

Yugnepal     667 पटक पढिएको    

सागर ढकालले लिए ३ विकेट, मलेसिया धरापमा

 


काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

क्वालालम्पुरस्थित किन्रारा ओभलमा नेपालले घरेलु टोली मलेसियासंग खेलिरहेको हो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसिया ब्याटिङमा उत्रेको छ । 

नेपालले निकै राम्रो बलिङ गरेको छ । मलेसियाले ३८ ओभर खेल्दा ८ विकेटको नोक्सानीमा ७९ रन मात्रै बनाएको छ । राम्रो बलिङ गर्ने क्रममा सागर ढकालले १० ओभरमा ३ मेडन राखेर १६ रन खर्चेर ३ विकेट लिएका छन् । 

कुशल मल्लले २ तथा कमल सिंह ऐरी र तिलकराज भण्डारीले १–१ विकेट लिएका छन् । 

समूह चरणमा अपराजित रहँदै नेपाल समूह विजेता बनेको थियो । पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

साबिकको विजेता नेपालले समूह बीको उपविजेता मलेसिया प्रतिस्पर्धी पाएको हो । 

यू–१९ क्रिकेटमा मलेसियासँगको पछिल्लो १० भेटमा नेपाल हाबी हुँदै आएको छ । १० खेलमा नेपालले ९ खेल जितेको छ भने मलेसियाले १ खेल मात्र जितेको छ ।

अर्को सेमिफाइनलमा सिंगापुरले टस जितेर हङकङ विरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । सिंगापुर समूह ए को उपविजेता हो भने हङकङ समूह बी को विजेता हो । 



सोमबार २३, असार २०७६ १०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.