उफ् मेस्सीलाई रातो कार्ड

Yugnepal     712 पटक पढिएको    

उफ् मेस्सीलाई रातो कार्ड

 

काठमाडौं । विश्वकै सर्वाधिक सफलमध्येका एक अर्जेन्टाइन व्यवसायिक फुटबल खेलाडी लियोनल मेस्सीले रातो कार्ड खाँदा कस्तो होला रु तर तितै चर्चित खेलाडी मेस्सीले रातो कार्ड खाएका छन् । 

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको तेस्रो स्थानको भिडन्तमा चिलीविरुद्ध खेल्ने क्रममा रातो कार्ड खाएका हुन् ।  

खेलको ३७ औं मिनेटमा कप्तान मेस्सी र चिलीका गारी मेडेलले रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएको हो ।

मेस्सी र मेडेल एक अर्काविरुद्ध मैदानमा झगडा गरेपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

सन् २००५ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेका मेस्सीलाई पहिलो पटक रातो कार्ड देखाइएको हो । 

खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो । सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसंग २–० गोल अन्तरले पराजित भएको थियो । 



आइतबार २२, असार २०७६ ०२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.