विश्वकप क्रिकेटः समूह चरणका अन्तिम दुई खेल आज

Yugnepal     711 पटक पढिएको    

विश्वकप क्रिकेटः समूह चरणका अन्तिम दुई खेल आज

 

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज शनिबार समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दावेदार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुईटोलीबीचको खेल नेपाली समय अनुशार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।

हेडिंगले कार्जीमा दुबै टोली जितका लागि मैदान उत्रनेछन् । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको भारतले लिग चरणको अन्तिम खेल खेल्दैछ । भारतको लागि यो विश्वकपका समूह चरणका खेलहरु राम्रोनै रहेका छन् । भारत समूह चरणको एउटा खेलमा मात्र इङ्ल्यान्डसँग ३१ रनले पराजित भएको थियो ।


भारत आजको खेलमा पनि जित निकाल्दै प्रतियोगितामा अझै बलियो दावेदारी देशाउने योजनामा छ । यता श्रीलंका आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।  

शनिबारनै हुने अर्को खेलमा शीर्ष स्थानको अष्ट्रेलियाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । वल्ड ट्राडफोर्डमा हुने खेलमा दुबै टोली जित निकाल्ने योजनामा मैदान उत्रनेछन् । घआजको खेलमा जित निकालदै अष्ट्रेलिया समूह विजेता भएर प्रतियोगिताको अघिल्लो चरणमा बलियो दावेदारी देखाउने योजनामा छ ।

आजको खेलमा पराजित भएमा र भारतले जित निकालेमा भारत समूह विजेता हुनेछ । यता समूह चरणको पहिलो खेलबाटनै कमजोर भएको दक्षिण अफ्रिका आजको खेलमा जित निकाल्दै प्रतियोगिताबाट सुखद विदाई र्ने योजनामा छ ।



शनिबार २१, असार २०७६ ११:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.