के राहुल गान्धीको राजीनामाले मोदीको ‘कंग्रेसमुक्त’ भारतको सपना साकार होला

Yugnepal     650 पटक पढिएको    

के राहुल गान्धीको राजीनामाले मोदीको ‘कंग्रेसमुक्त’ भारतको सपना साकार होला

यो साता भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका कार्यकर्ता नयाँ दिल्लीस्थित पार्टी कार्यालयबाहिर अनिश्चितकालीन धर्नामा बसे।

उनीहरूको एउटै माग थियो –अध्यक्ष राहुल गान्धीले पार्टी नेतृत्वलाई निरन्तरता दिनुपर्ने। हालै सम्पन्न लोकसभा निर्वाचनमा गान्धी नेतृत्वको कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ९भाजपा०सँग हार बेहोरेको छ।

तर, धर्नाको प्रभाव उल्टो पर्‍यो। बुधबारमात्रै गान्धीले सामाजिक सञ्जालमा राजीनामापत्र सार्वजनिक गरे। गान्धीको चार पाना लामो राजीनामापत्रमा भाजपासँग लड्नलाई कंग्रेसमा आमुल रूपान्तरण आवश्यक भएको बताएका छन्।

निर्वाचनमा बेहोरेको हारका लागि पार्टीले कठिन निर्णय गर्नुपर्ने र धेरै व्यक्तिलाई जिम्मेवार ठह¥याउनुपर्ने आग्रह पनि गरेका छन्। गान्धीको राजीनामाले कंग्रेस पार्टी अध्यक्षको ढोका गान्धी परिवारका अन्य सदस्यका लागि बन्द गरेको छ।

स्वतन्त्रतापछिको अधिकांश समय नेहरू–गान्धी वंशले नेतृत्व गरेको पार्टीका लागि यो अस्तित्वकै चिन्ताले भरिएको समय हो। मोदी सरकारको दोस्रो कार्यकालको अन्त्यसम्म कंग्रेस शक्तिमा नबसेको सबैभन्दा लामो अवधि हुनेछ। संसदमा अहिले कंग्रेसको ५३ सिट छ।

सन् २०१४ को निर्वाचनभन्दा केही सुधार आएको छ। त्यतिबेला कंग्रेसले जम्मा ४४ सिट जितेको थियो। ३६ राज्य र संघराज्य क्षेत्रमध्ये कम्तिमा १७ वटामा कंग्रेसले एउटा सिट पनि जित्न सकेन।

सन् १९९६ देखि १९९८ सम्म गान्धी वंशबाहेकका सदस्यले पार्टीको नेतृत्व गरेका थिए। त्यतिबेला पार्टी फुटेको थियो। वरिष्ठतम नेतामध्ये केहीले पार्टी त्यागे। उनीहरू देशकै सबैभन्दा लोकप्रिय क्षेत्रीय नेता बन्न पुगे। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी तीमध्ये एक हुन्।

मोदीले सार्वजनिक रूपमै ‘कंग्रेसमुक्त भारत’ बनाउने घोषणा गरेका छन्। यस्तो आक्रामक भाजपाको सामना गर्ने समयमा कंग्रेसको भविष्य अनिश्चित देखिन्छ। के कंग्रेस पार्टी फेरि सान्दर्भिक भएर आउँलारु वा अझै टुक्रिएलारु

संकेतहरू पार्टीको हितमा छैनन्। निर्वाचन परिणाम घोषणा भएको ६ सातापछि नै भाजपाले सन् २०२४ को निर्वाचनमा आँखा गाडेको छ। पार्टीले नयाँ अध्यक्ष चयन गरेको छ र देशमा पहुँच बढाउने योजना समेत बनाउन थालेको छ।

कंग्रेस भने छियाछिया भएको छ। राज्य एकाइका धेरै प्रमुखले राजीनामा दिएका छन्। अन्य नेताले यही पछ्याउने सम्भावना छ। कर्नाटक र मध्यप्रदेशमा भएको पार्टीको स्थानीय सरकार ढल्ने नजिक पुगेको छ।

यस्तो परिस्थितिमा गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। गान्धीले भने,‘पार्टी अध्यक्षको रूपमा स्वयंको जिम्मेवारी पन्छ्याउँदै अन्यलाई जिम्मेवार ठहर्‍याउनु अन्याय हुनेछ।’

तर मोदीविरूद्धको लडाइँमा आफू एक्लै उभिएको राजीनामापत्रमा उल्लेख गरेर गान्धीले धेरैको मन खिन्न बनाएका छन्। निर्वाचनपछिको परिणाममा पनि उनले त्यस्तै अभिव्यक्ति दिएका थिए। समाचारमा आए अनुसार अभियानमा साथ नदिएको भन्दै गान्धीले पार्टीका वरिष्ठ नेताप्रति आक्रोश पोखेका थिए।

कंग्रेस नेतृत्वको क्यारियरमा यस्तो निरन्तर चल्दै आएको राहुल गान्धी डिकोडेडकी लेखक आरती रामचंद्रनले बताइन्। ‘उनले आफूलाई सधैं विद्रोही र बाहिरियाको रूपमा प्रस्तुत गरे किनभने भारतको सबैभन्दा शक्तिशाली राजनीतिक परिवारमा जन्मिएकाले एक तरिकाले परम भित्रिया हुन्,’ आरतीले भनिन्।

लगातार दुई कार्यालयसम्म कंग्रेस केन्द्रीय शक्तिमा हुँदा पनि पार्टी र सरकारले तोकेको पदबाट टाढा रहन गान्धी हिच्किचाएनन्। उक्त पद गान्धीको विशेषाधिकार पाएको छवि मेट्न आवश्यक थियो भन्ने आरतीको विश्वास छ। मोदी र भाजपाले बारम्बार यही कुराले गान्धीको हुर्मत लिन्छन्।

गान्धीको असफलताका धेरै कारण छन्। तीमध्ये एउटा पूर्वाग्रहको लडाइँ हो, जसमा उनी धेरै पहिले नै पराजित भएका थिए। सन् २००४ मा पहिलो पटक निर्वाचन लडेदेखि प्रश्नयोग्य वाक शक्ति र भूलचूकका कारण गान्धीको आलोचना भएको छ। त्यसैलाई प्रयोग गरेर भाजपाले गान्धीलाई राजनीतिमा हल्का रूपमा लियो।

‘मोदी र भाजपाले बारम्बार यही नै वास्तविक छवि भएको पुष्टि गरे। गान्धीले राजनीतिक यात्रामा स्पष्ट दिशाबोध प्रस्तुत गरेका छैनन्। उनी के बन्न चाहन्छन्, कहिले प्रष्ट भएन,’ आरतीले भनिन्। तर राजनीतिमा चार दशकभन्दा लामो अनुभव बटुलेका मोदीसँग गान्धीको तुलनामा गर्नु अनुचित हुने कंग्रेसका नेता बताउँछन्। गान्धीको राजनीतिक जीवन मात्रै १५ वर्ष पुगेको छ।

‘नेतृत्व वाकपटुताले मात्रै परिभाषित हुँदैन। नेताले जनतालाई निर्देशन दिन र एकजुट राख्न सक्नुपर्छ। गान्धीले दुवै काम राम्ररी पूरा गरे,’ मुम्बईका कंग्रेस नेता आसिक जकारियाले बताए।

सन् २००७ मा भारतकौ सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको उत्तर प्रदेशमा पार्टी हार्‍यो। सन् २०१४ मा गान्धी पार्टीका उपाध्यक्ष थिए। त्यो चुनावको हारले पार्टीलाई ठूलो धक्का पुग्यो। यी सबै र पूर्वाग्रहको समस्याले गान्धीको नेतृत्व कमजोर बन्दै गयो।

भाजपासँग प्रतिस्पर्धा गर्न कंग्रेस रूपान्तरण हुनुपर्छ भन्नेमा दुईमत छैन तर कसरी भन्ने सवालमा मत विभाजित छ। पार्टीको नेतृत्व गान्धी परिवारबाहिर दिनुपर्ने राहुल गान्धीको ‘रोडम्याप’। यसले आमुल परिवर्तन ल्याउने उनको तर्क छ। तर कंग्रेसका नेता यसो गर्न डराउँछन्।

‘कंग्रेस विधान अनुसार नै भाजपाजस्तो कार्यकर्तामा आधारित पार्टी होइन। त्यसैले बलियो पकडले पार्टी सञ्चालन हुँदैन। नयाँ पार्टी प्रमुख विभिन्न गुट र स्वार्थ समूहलाई सँगै डोर्‍याउनसक्ने हुनुपर्छ,’ जकारियाले बताए।

तर, यो भन्न सजिलो मात्रै सजिलो छ। वर्षौं शक्तिमा रहेको कंग्रेसले थुपै्र वरिष्ठ नेताहरू जन्माएको छ। ती सबै पार्टी अध्यक्षको कुर्सीमा बस्न चाहन्छन्।

‘कंग्रेसमा दोस्रो पुस्ताका सबै नेता एकअर्कालाई बराबर ठान्दछन्। त्यसैले कुनै एकलाई चयन गर्नु धेरैलाई चिड्याउनु हो,’ नाम उल्लेख नगर्ने शर्तमा अर्का कंग्रेस सदस्यले भने।

नेतृत्वको आसन्न हानाथाप कंग्रेस विखण्डनको सुरूआत भएको धेरैको डर छ। गान्धी परिवारकै निरन्तर नेतृत्वले त्यसको आन्तरिक कलह रोक्ने कंग्रेसका नेताहरू विश्वास गर्छन्।

हाललाई त्यसको सम्भावना छैन। राहुल गान्धीकी बहिनी प्रियंका गान्धी भद्रा अन्ततः राजनीतिमा आएकी छिन्। तर पार्टीको नेतृत्व सम्भव देखिँदैन। निर्वाचनमा उनले पनि राम्रो नतिजा ल्याउन सकिनन्। उनकै नेतृत्वमा पार्टीको गढ मानिने अमेठीमा कंग्रेस हारेको थियो।

कंग्रेसको निराशाजनक नतिजाले भाजपाको उदय रोक्ने विपक्षी दलको प्रयासको हावा फुस्किएको छ। महत्वपूर्ण आर्थिक गठबन्धन फुटेको छ। नभए पार्टीहरू अलग भएका छन्। विपक्षी नेताहरू सम्पर्कविहीन भएका छन्।

तीन महत्वपूर्ण राज्यमा क्षेत्रीय निर्वाचन हुनै लागेको छ। सय दिनभन्दा कम समय छ। कंग्रेसको नयाँ नेतृत्वका लागि कठिन समय छ।



शनिबार २१, असार २०७६ १०:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal