उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री  बर्खास्त

युग संवाददाता     214 पटक पढिएको    

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री  बर्खास्त

 


धनगढी / गत जेठ ४ गते पार्टी भित्रको आन्तरिक द्वन्द्वका बिच नागरिक उन्मुक्ति बाट रामेश्वर चौधरीले सुदुरपस्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीको सपथ लिएका थिए । प्रदेश प्रमुख नजिर मियाले उनलाई सपथ ग्रहण गराएका थिए । सपथ पछि मन्त्री रामेश्वर चौधरीलाई बधाई दिदै मुख्यमन्त्री कमल बहादुर शाहले भनेका थिए “खाने वालेका नाम दाने दाने पे लिखा होता है” यो भनाइको तात्पर्य थियो “खाने मानिसको नाम त प्रत्येक अन्नको दानामा नै लेखिएको हुन्छ।” तर उनै मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् ।


सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।  मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले आज पदमुक्त गरेका हुन् ।


मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह नगरेको, बजेट निर्माणमा चलखेल गरेको र कृषिमन्त्री हुँदा अनुदान वितरणसम्बन्धी विवादमा मुछिएको हुँदा चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन गरिएको दिइएको बताइएको थियो ।



बिहिबार १९, असार २०८२ ०१:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal