'सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुरा' बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी नै नेकपामा अट्छु

Yugnepal     789 पटक पढिएको    

'सरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुरा' बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी नै नेकपामा अट्छु

 


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड कार्यक्रमका लागि सरकारले अर्बौ खर्च गर्ने भन्ने हावा कुरा भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी  नेकपा को केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रधानमन्त्री ओलीले आगामी वर्ष २० लाख  पर्यटक भित्र्याइने लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिनका लागि अहिले आइफा अवार्डको हल्ला चलेको बताए ।

उनले भने,ुसरकारले अवार्डका लागि अर्बौ खर्च गर्ने भन्ने हावा कुराहरु चलाइएका छन् । सरकारले गर्ने भन्ने निर्णय गरिसकेको छैन ।’’ उनले आइफा अवार्ड मन्त्रिपरिषद्ले गरेको निर्णयमा न्यून लागतमा धेरै प्रतिफल प्राप्त गर्ने गरी आयोजना स्वीकृत दिने सुनाए ।

उनले मुलुकलाई राम्रो, फाइदाजनक र भ्रमण वर्षलाई उपयोगी हुने भएपछि मात्र आयोजना गर्न दिइने बताए। उनले भने, ‘‘ देशलाई घाटा पारेर होइन नाफा हुने गरी हामी आयोजना गर्न दिन्छौँ । भएन भने त्यसलाई आयोजना गर्न दिँदैनौ ।’

यहाँ विकास विरोधी तत्व रहेकाले ठूला आयोजनालाई अवरोध गरिरहेका छन् भन्दै उनले त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्दै आयोजना समयमा नै सम्पन्न गरिने दृढता व्यक्त गरे।

पार्टी प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी समेत  दिइने उनले बताए । उनले दुई वटा पार्टीका पृथक पृथक धार भएकाले पार्टी एकतामा केही विलम्ब भएको बताए । ‘‘एकता टुङ्ग्याउनका लागि केही कमजोरी रहेको छ’’ उनले भने, ‘‘  एकता विलम्ब उपयुक्त छैन ।  यस महिनाभित्र पार्टी एकताको काम सक्दै कार्यविभाजनसमेत गरिने छ ।’’ उनले नेकपा विशाल नदी भएकाले यसबाट केही भङ्गालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताए ।

प्रधानमन्त्री ओलीले दुई तिहाइ ओगटेको नेकपामा बाबुराम भट्टराई मात्र हैन सिङ्गै समाजवादी पार्टी पनि अट्नसक्ने स्पष्ट गर्नुभयो ।

 कार्यक्रममा तत्कालीन नयाँ शक्ति पार्टीका नेता तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री  कल्पना धमला, नेता देवेन्द्र पराजुली, भूमि देवकोटा, गुणाखर भुसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गरेका छन्।

 



शुक्रबार २०, असार २०७६ ०४:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal