खोलाले बगाएर दुई जना बेपत्ता

Yugnepal     1045 पटक पढिएको    

खोलाले बगाएर दुई जना बेपत्ता


नुवाकोट,  जिल्लाको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुईजना बेपत्ता भएका छन्।

बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउँका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खोला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए।

बेपत्ता उनीहरूलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।



शुक्रबार २०, असार २०७६ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal