बालिका बलात्कारको मुद्दा मुल्तबीमा

Yugnepal     974 पटक पढिएको    

बालिका बलात्कारको मुद्दा मुल्तबीमा

बालिका बलात्कारको मुद्दा मुल्तबीमा


सप्तरी, ९ फागुन 
बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । 

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अरोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ । आरोपित बस्ने घरमा भाँडा माझ्न गएकी १४ वर्षीया बालिकालाई २०७० फागुन २ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले २०७० फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । 

प्रहरीले ०७० फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरे पनि फरार आरोपित पक्राउ परेका छैनन् । जिल्ला अदालतले २०७० चैत ५ गते आरोपितलाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरे पनि हालसम्म फेला नपरेकाले मुद्दा मुल्तबीमा राखिएको बताइएको छ । 



बिहिबार ०९, फागुन २०७५ ०१:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.