गुल्टिए जर्मनी र इटाली, सेमिफाइनलमा  स्वीडेन र नेदरल्याण्ड

Yugnepal     727 पटक पढिएको    

गुल्टिए जर्मनी र इटाली, सेमिफाइनलमा  स्वीडेन र नेदरल्याण्ड

 

काठमाडौं । महिला विश्वकप फुटबलमा पुरुष फुटबलका महारथी राष्ट्रहरु जर्मनी र इटाली क्वार्टरफाइनलबाटै गुल्टिएका छन् । जर्मनीलाई स्वीडेनले र इटालीलाई नेदरल्याण्डले गुल्टाएको हो । 

फ्रान्समा जारी प्रतियोगितामा शनिबार राति भएको क्वार्टरफाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वीडेन सेमिफाइनलमा पुगेको हो ।

स्वीडेनलाई जिताउन सोफिया जाकोबसन र स्टिना ब्लाकस्टेनिउसले एक एक गोल गरिन् । जर्मनीकी लिना मगुलले सुरुआती अग्रता दिलाए पनि टिमले त्यो लयलाई कायम राख्न सकेन । 

अहिलेसम्म विश्वकप जित्न नसक्को स्वीडेनले अब नेदरल्याण्डसँग खेल्ने छ । नेदरल्याण्डले इटालीलाई स्तव्ध पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

नेदरल्याण्डले खेल २–० गोल अन्तरले जितेको थियो । भिभियानी मिडेमा र स्टेफाने भान डर ग्राटले १–१ गोल गरे । 



आइतबार १५, असार २०७६ ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.