दुई दिने अफ्रिकन युनियनरयुनाइटेड नेसन्स वाल्डलाइफ समिट’को अन्तिम दिन भिक्टोरिया फल्समा आयोजना गरिएको एक समारोहलाई सम्बोधन गर्दै जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङगाग्वाले ८४ हजार हात्ती भए पनि देशले ५० हजारलाई मात्रै राख्न सक्ने बताएका छन्।
‘उत्तरतिर वन्यजन्तुको अभाव छ,’ उनले भने,‘हामी विक्री गर्न चाहन्छौं। केहीलाई अनुदान पनि दिन चाहन्छौं।’ मनाङगाग्वाले नजिकैको देश एङ्गोला सम्भावित खरिदकर्ता हुनसक्ने बताए। एङ्गोला बारूदी सुरूङ हटाइएका क्षेत्रमा हात्तीको संख्या फेरि बढाउन चाहन्छ।
‘एङ्गोलामा युद्धले समस्या ल्यायो। त्यहाँ धेरै बारूदी सुरूङ छ। धेरै पशु दक्षिणतिर गए। त्यसैले बारूदी सुरूङ हटाउन हामी एङ्गोलासँग सहकार्य गरिरहेका छौं। एङ्गोलालाई हामी सिंह, हात्ती, भैंसी दिन चाहन्छौं। यसले हाम्रो साँघुरिँदै गएको स्थान फेरि फराकिलो हुनेछ। वन्यजन्तुको मुद्दामा यो नै सबैभन्दा मानवीय निर्णय हो भन्ने मलाई लाग्छ,’ मनाङगाग्वाले भने।
मे महिनामा चीन र दुबईलाई ९० वटा हात्ती बेचेर जिम्बाब्वेले २७ लाख अमेरिकी डलर संकलन गरेको थियो। देशको वन्यजन्तु सम्बन्धी काम गर्ने निकायले उक्त रकमलाई संरक्षणका प्रयासमा लगानी गरिने जनाएको थियो।
मनाङगाग्वाले हात्तीको दाह्रामा लगाइएको विश्वव्यापी प्रतिबन्ध फुकुवा गर्न पनि माग गरे। उनी देशमा रहेको करिब ६० करोड अमेरिकी डलर बराबरको हात्तीको दाह्रा र गैंडाको सिङ बेच्न चाहन्छन्। यसबाट हुने आम्दानीले जिम्बाब्वेको संरक्षणका प्रयासलाई दुई दशकसम्म भरथेग गर्ने मनाङगाग्वाले बताए।
लोपोन्मुख प्रजातिको कारोबार सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताले हात्तीको दाह्राको बिक्री वितरण निषेध गरेको छ। तर, जिम्बाब्वे र छिमेकी बोत्स्वाना, नामिबिया र जाम्बियाले दक्षिण अफ्रिकाको सहयोगमा प्रतिबन्ध हटाउन अपिल गरिरहेका छन्।
विश्वको हात्तीको आधा संख्या यी देशमा छ। उनीहरूसँग लाखौं अमेरिकी डलर बराबरको हात्ती र गैंडा सिङ भएको र त्यसको विक्रीबाट हुने आम्दानीलाई संरक्षणमा प्रयोग गर्ने उनीहरूले जनाउँदै आएका छन्।
‘सारा विश्व हात्तीको दाह्राको बजार बन्द गर्न चाहन्छ। यसले एउटा प्रश्न उब्जिएको छ रु के हामी टाइम बममाथि बसिरहेका छौं। वन्यजन्तुबाट दिक्क भएको बताउँदै, लगानीबाट फाइदा नभएपछि जथाभावी जंगल पसेर उनीहरूको ज्यान लिनु पो वास्तविक समस्या हो त,’ सिएनएनलाई यसअघि दिएको अन्तर्वार्तामा बोत्स्वानाका वातावरणमन्त्री कित्सो मोकाइलाले भनेका थिए।
दुर्गम समुदायका स्थानीय र कृषकहरू प्रायः हात्तीले जमिन अतिक्रमण गरेको र अन्नपात नष्ट गरेको गुनासो गर्दै आएका छन्।
प्रतिकृया दिनुहोस