एक दिने सडक दुर्घटना सम्बन्धी आन्तरक्रिया कार्यक्रम झलारीमा सम्पन्न

Yugnepal     818 पटक पढिएको    

एक दिने सडक दुर्घटना सम्बन्धी आन्तरक्रिया कार्यक्रम झलारीमा सम्पन्न

 

सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ झलारीमा “हर प्रहर, र नगरी टोल टोलमा नेपाल प्रहरी”भन्ने मुल नाराका साथ सडक सभ्यता अभिबृद्भि एवं सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवशिय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको बिच अन्तरक्रिया सम्मेलन कार्यक्रम शुक्तबार झलारीमा सम्पन्न भएको छ।

नेपाल प्रहरी, स्थानिय तह, समुदाय , सामाजिक संस्था बिधालयहरुलाई समुन्या गरेर सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रभात र्याली निकालेको थियो।र्यालीको मुल उद्देश्य भन्नेको बढ्दै क्रममा गहि रहेको सडक र सवारी दुर्घटनालाई कसरी न्युनिकरण गर्न सकिन्छ भने रहेको छ।उक्त कार्यक्रम सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरिया कैलालीको आयोजनामा संञ्चालन गरिएको थिए र सभाध्यक्षता सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र।ना।म।नि। तारणि प्रसाद लम्सालले अध्यक्षता ग्रहण गर्न भएको थियो भने सुदूरपश्चिम प्रदेशका माननिय आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश ब। शाहले प्रमुख अथिति रहनु भएका थिए।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल ब। ऐर बिशिष्ट अथिति रहेका र शुक्लाफाँटा नगरपालिकाका उप(प्रमुख तुलिशी हमाल अथिति ,संघिय ईकाई कार्यालयका सेती प्र।ब।उ। देव ब। बोगटी, सु।प्र।प्र। ट्रा। कार्यालय प्रमुख केदार रजौरे अथिति रहेका थिए।बिभिन्न क्षेत्रमा आबद रहेका सरसंस्था, पार्टी पदअधिकारीहरुको सहभागीता रहेका थिए।

यस सडक सभ्यता र अभिबृद्भि एवं सवारी दुर्घटना न्युनिकरण कार्यक्रमको प्रमुख अथिति रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले सडक दुर्घटनालाई न्युनिकरण गर्न प्रदेश सरकार लागि परिरहेको र ट्राफिक प्रहरीले पनि आफ्नो ठाउमा निस्वार्थ निश्पक्ष ढंगले सवारी चालकको चेक जाँच अहुरात्र खटिएमा सडक दुर्घटनामा कम ल्याउन सकिने र आगमी बर्षमा प्रदेशका बिभिन्न क्षेत्र तथा शहरहरु चोरी डकैती लुटपाट अव्यवस्थित सवारी पार्की नियन्तण गर्न बिषेश खाले बजेट छुट्याई सिसी क्यामरा जोडन गरिने मन्त्री शाहले बताउनु भएका थिए।

बिशिष्ट अथितिमा रहनु भएका ऐरले प्रत्येक वडाहरुमा प्रहरी साझेदारी बिट राखि बिभिन्न किसिमका घटना जस्तै बलतकार ,चोरी डकैती , लुटपाट जन्य अपरादहरुलाई न्युनिकरण गर्न सकिने र स्थानिय सरकारबाट सदैवह यि यस्ता कार्यमा सहयोग रहेने बिशिष्ट अथिति तथा नगर प्रमुख ऐरले बताउनु भएका थिए।यस एक दिने अन्तक्रिया कार्यक्रमको न्युनिकरण घटनाहरुका बारेमा बिशिस्त प्रस्तुत तथा प्रकाशन प्रशिक्षण सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख केदार रजौरेले गर्नु भएका थिए भने कार्यक्रमको संञ्चालन ट्राफिक प्रहरी कार्यालयका कर्मचारी पुष्पराज जोशीले गर्नु भएको थियो।



शुक्रबार १३, असार २०७६ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.