भारतले पाकिस्तान विरुद्ध क्रिकेट खेल्ला कि नखेल्ला  आईसीसीले खेल नरोक्ने

खेलकुद

Yugnepal     869 पटक पढिएको    

भारतले पाकिस्तान विरुद्ध क्रिकेट खेल्ला कि नखेल्ला  आईसीसीले खेल नरोक्ने

भारतले पाकिस्तान विरुद्ध क्रिकेट खेल्ला कि नखेल्ला  आईसीसीले खेल नरोक्ने 
काठमाडौं । पुलवामा आतंकवादी हमलापछि पाकिस्तानसँग क्रिकेट खेल्ने कि नखेल्ने भन्नेमा अन्योलमा रहेको बेला आईसीसीले भने खेलको कार्यतालिका नरोक्ने स्पष्ट पारेका छन् । भारत तथा पाकिस्तानकोबीचको खेल तत्कालको लागि नखेल्नको लागि भारतीय क्रिकेट टीमलाई धेरै तिरबाट सुझाव आईरहेको बेलामा भारत पाकिस्तानसँग खेल्ने कि नखेल्ने भन्नेमा भारत अझै स्पष्ट छैन । 

अन्तरराष्ट्रीय क्रिकेट परिषद आईसीसीले मंगलवार ३० मे देखि सुरु हुने विश्वकपको तालिका परिमार्जन हुने सम्भावना कम रहेको बताएको छ । ३० मेदेखि वर्ल्ड कपको कार्यक्रम तय भएको छ । आतंककारी हमलालाई मध्यनजर राख्दै भारतका पूर्व क्रिकेटर हरभजन सिंहले भारतले १६ जूनमा मेनचेस्टरमा पाकिस्तान विरुद्ध हुने खेल खेल्न नहुने बताएका छन् । 

अष्ट्रेलियाली क्रिकेटर रिचर्डसनले भनेका छन्, ुयस भयावह घटनाबाट प्रभावित मानिसको साथ हाम्रो पनि सहानुभूति छ र हामी  तपाईहरुको समस्यालाई नजरअन्दाज गर्न सक्दैनौं।ु उनले भनेका छन् कि, ुतर यस्तो कुनै संकेत देखिएको छैन कि आईसीसी पुरुष वर्ल्डकपको कुनैपनि म्याच निर्धारित कार्यक्रम अनुसार हुँदैन ।ु

उनले भनेका छन् कि, ुखेल खासगरी क्रिकेटले मानिसलाई नजिक ल्याउने र समुदायलाई जोड्ने क्षमता रहेको छ । हामी यही आधारमा आफ्ना सदस्यहरुका साथ यसरी फाटेका मनहरुलाई जोड्ने काम गर्दछौं ।ु बीसीसीआईका एक सिनियर अधिकारीले भनेका छन् कि, ुहरभजनले  आफ्नो विचार राखेका हुन् तर यो कुरा होइन कि हामीले पाकिस्तानसँग सेमिफाइनल या फाइनल खेल्नु पर्यो भने रु के हामी नखेल्ने रु पाकिस्तानसँग खेल्दै नखेल्ने भन्ने कुरा स्पष्ट भईसकेको छैन ।ु

उनले भने, ुभारतले १९९९ वर्ल्ड कपमा पाकिस्तान विरुद्ध म्याच खेलेको थियो । जब कारगिल युद्ध चरम परमा थियो।ु हरभजनले सोमवार भने कि भारत यदि १६ जूनमा मेनचेस्टरमा पाकिस्तानका विरुद्ध हुनेवाला म्याचबाट पनि पाकिस्तानको बदला लिन सक्छ । 



बुधबार ०८, फागुन २०७५ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.