पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध दोहोर्यायो इतिहास, न्यूजिल्याण्डको पहिलो हार

Yugnepal     679 पटक पढिएको    

पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध दोहोर्यायो इतिहास, न्यूजिल्याण्डको पहिलो हार

 

काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाकिस्तानले न्यूजिल्याण्डविरुद्ध इतिहास दोहोर्याएको छ । पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै ३६ वर्षदेखिको वर्चश्वलाई निरन्तरता दिएको हो । 

३६ वर्षदेखि पाकिस्तानले न्यूजिल्याण्डलाई इंगल्याण्डको भूमिमा हराउँदै आएको छ । 

बिर्मिङघममा बुधबार राति भएको खेलमा न्यूजिल्याण्डले दिएको २३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९।१ ओभर मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा बाबर आजमले शतक बनाए । आजमले १२७ बलमा ११ चौकासहित नटआउट रहँदै १०१ रन बनाए ।

जारी विश्वकपमा उनको यो पहिलो शतक हो । यस्तै हरिस सोहिलले २ छक्का र ५ चौकाको मद्धतले ६८ रन बनाए ।

न्यूजिल्याण्डका ट्रेन्ड बोल्ट, केन विलियम्सन र लक्की फोर्गुसनले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको नोक्सानीमा २३७ रन  बनाएको थियो ।

८३ रनमा ५ विकेट गुमाएको न्यूजिल्याण्डलाई जेम्स नीशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौं विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।

नीशमले ११२ बलमा ५ चौका र ३ छक्काको मद्धतले ९७ रन बनाए । ग्रान्डहोमले ६४ रन बनाए । कप्तान केन विलियमसनले ४१ रन बनाएका थिए । 

साहिन साह अफ्रिदीले ३ तथा मोहमद आमिर र सादब खानले १–१ विकेट लिए ।

पाकिस्तानको यो जितसंगै न्यूजिल्याण्डले जारी विश्वकपमा पहिलो हार भोगेको छ । न्यूजिल्याण्डको ७ खेलबाट ११ अंक छ । उसको सेमिफाइनल सम्भावना यसअघिदेखि नै बलियो छ । 

तर यो जितसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ र सेमिफाइनल सम्भावना कायम राखेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।



बिहिबार १२, असार २०७६ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.