पुनर्वास । पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउदै गेरेकी खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रतिपक्षी दल नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ताले एक्कासी आक्रमण गर्दा ४ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन
धनगढीबाट निर्वाचन क्षेत्र आउदै गरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास नगरपालिका १० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता माथी नेकपाका कार्यकर्ताले एक्कासी आक्रमण गर्दा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।
घाइतेहरुको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रतिकृया दिनुहोस