चुरे असार १० । चुरे गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गरेको छ । चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेबी साउँदले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३८ करोड ६४ लाख ८६ हजारको बजेट सहित नीति र कार्यक्रम पेश गरेकी हुन्। जसमध्ये चालुतर्फ ५ करोड १६ लाख ४६ हजार रहेको छ भने पुँजीगत तर्फ १५ करोड ५५ लाख ४० हजार रहेको छ।
चुरे गाउँपालिकामा भौतिक, सामाजिक र आर्थिक विकासका पुर्बाधारहरुको स्थापना गरी आमनागरिकहरुले महसु गर्न सक्ने गरी सार्बजनिक सेवा संचालन गर्ने बताइन्
गाउँपालिकामा रहेका छ वटै वडाहरुमा रहेका गाउँलाई सडक सञ्जालमा जोड्ने, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धनको विकासलाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।
चुरे गाउंपालिका प्राथमिता
सडक क्षेत्रको विस्तार र स्तरोन्नती गरी चुरे क्षेत्रका सम्पूर्ण गाउँहरुलाई सडक संजालमा जोड्ने ।
गाउँपलिका र वार्ड कार्यालयका प्रशासनिक भवनहरु निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा प्रवाह प्रभावकारी रुपले संचालन गर्ने ।
चुरे गाउँपालिकाको सबै वार्ड कार्यालयहरुमा बिद्युतिय सुचना प्रणाली विस्तार गरीइ—गर्भनेन्सको विकास गर्ने ।
कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरण गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम संचालन गर्ने ।
शिक्षा क्षेत्रको विकास गर्न विद्यमान पद्धतीमा सुधार गरी गुणस्तरिय शिक्षा प्राप्तीको अवसर सिर्जनागर्नुको साथै सम्पूर्ण बालवालिकाहरुलाई शिक्षाको सुनिश्चितता गर्ने कार्य अभियानकै पमा स्थापित गर्ने ।
प्राविधिक, व्यवसायिक तथा स्वरोजगारमूलक शिक्षाको विकास र विस्तार गर्ने ।
पर्यटकिय गन्तव्यहरुको पहिचान, संरक्षण र प्रचारप्रसार गरी पर्या पर्यटनको विकास गर्ने ।
प्राकृतिक सम्पदाहरु, ऐतिहासिक दरवार, धार्मीक सम्पदाहरुको संरक्षण गरी साँस्कृतिक विकास र विस्तार गर्ने ।
चुरे गाउँपालिका क्षेत्रमा बिजुली बिस्तार गर्न आवश्यक पहल गर्ने ।
प्रतिकृया दिनुहोस