शाश्वत काल नै परमात्मा  श्री राम

Yugnepal     1393 पटक पढिएको    

शाश्वत काल नै परमात्मा  श्री राम

      टिआर पाठक
 मर्यादापुरुषोत्तम श्रीरामजीको राज्यारोहण भएको केही समय मात्र भएको थियोे । टाडा टाडाका व्यक्तित्व श्रीरामजीको दर्शन गरु र बधाई पनि दिउ भन्नेको ताती मन्थर भएको थिएन । हुनपनि हो त्रिलोकीलाई बसमा राख्ने ७२ चतुर्युगी उमेर भएको त्रिदेब संगकै प्रत्यक्ष पहुंच बाला, सर्व शक्तिमान लंकेश दशानन रावणलाई शत बर्ष होइृन हजार होईन लाख होईन करिब ३० करोड ६७ लाख २० हजार बर्षमा पनि देबहरुले परास्त सम्म पनि गर्न नसकेको बीरको ,मात्र मानुषिको ४३ बर्षको उमेर भएका सामान्य मनुष्य रुप श्रीरामले उसलाई सहांर गरेर बिजयको शंखनादका साथ श्रीलंकामा आफ्नो झण्डा फराफरायर आफ्नै समर्थन जुन ततकालिन शत्रुका भाई पनि हुनुहुन्थ्यो उनै बिभिषणलाई लंकाको राजतीलक गरेर जुलुसका साथ स्वदेश फिर्नु चानचुने काम थिएन । यो कसैले गर्न नसकेको  एक युगान्तकारी कार्य थियो । देव मानव कै कंटक रुपमा रहेको रावण माथि बिजय गर्नु भनेको अलौकिक काम थियो ।हुन पनि रावणले देव गणलाई  रवाउन सम्म रुवाएको थियो । यस बारे हनुमान्नाटकमा पनि उल्लेख गरिएकोर्छ  इन्द्रं माल्यकरं सहस्त्रकिरणं द्धारि प्रतिहारकं । चन्द्र छत्रधरं समीर बरुणौ संमार्जयन्तौ गृहान् ।।पाचक्ये परिनिष्ठितं हुतवहं किं मृदगृहे नेक्षसे।।रक्ष्योभक्ष्यमनुष्यमात्रवपुषं तं राघवं स्तौषि किम् ।। लंकेश राजमहिषि मन्दोदरीले जगतजननी सीतामातालाई सकुशल साक्षात जगदीश परमात्मा मनुष्य रुपी श्रीरामजीलाई सुम्पेर माफि माग्नु नै कुलको र यस लंकानगरीकै कल्याण छ अन्यथा निश्चित बिनास देख्तछु भनेकोमा रावणले आफ्नी मन्दोदरीलाई माथि उल्लखेत श्लोकको अर्थ अनुशार यसरी ढाडस दिएर शान्त्वना दिन खाजेको थियो जस्को अर्थ यसप्रकार र्छ  स्वर्गका देवराज इन्द्र मेरो लंकाको मालीको काम गरिरहेकाछन,जगतलाई प्रकाश दिनेबाला तेजिला सूर्य राजसदन द्धारपालको काम गरिरहेकाछन ,चन्द्रमाले मेरो सिंहासनको छत्रको काम दिनु भएकोछ छाते भएकाछन ,बायुदेव र बरुणले मेरा दरवारको झाडुबडारु गर्ने काम गरिरहेछन, त्यस्तो तेजिलो अग्नीले मेरो चुलाचौकाको काम सम्हाल्ने गरेकाछन अर्थात भान्सेमा नियुक्तछन के तिमीलाई त्यति थाह छैन निशाचरको मुख्य भोजन बांदर भालु र मनुष्य हुन भने त्यस्ता मनुष्य राघवको के मैले स्तुति गरुला र ?) भनेर भनेको थियो । हुन पनि यमराजले रावणका मातहतमा रहेर श्री लंकाको नै रखवारीका लागि तैनात हुनुपरेकोे थियो । यस्तो शक्तिशाली रावण माथि विजय गर्नु त्यतिका युग सम्म कसैका हात बाट हुन सकेको थिएन । त्यस्तो असाधारण कार्य श्रीरामजीको हातबाट मात्र सम्पन्न भएको थियो । श्रीरामजीको यसप्रकारको सर्ब हिताय कार्यले पृथ्बीभरीका मानव मात्र नभई त्रिलोक भरका देव र देवभूमीमा तपस्यारत ऋृषि महर्षिहरु समेत हर्षले बिभोर भएर पुष्पबृष्टि गरेर उन्को पुजनका साथ बधाई गर्ने गरेका थिए । रावणको डरले मानव त के जुन दशदिगपाल मध्येका प्रमुख चार दिशाका दिगपालहरुमा पूर्बी क्षेत्रका दिग्वालको जिम्मेवारी समेत पाएका  सर्बश्री त्रिलोकी सम्राट देवराजले मयुर बन्नु परेको थियो । त्यस्तै पश्चिम क्षेत्रका दिगपाल बरुणजीले हांस,उत्तरी दिगपाल र त्रिलोक बैंकका महाप्रन्धक जिम्मेवारी पाएका अलकापुरीका यक्ष सम्राट जुन दशाननका आफ्नै ठूलदाई कुवेर जी बिचरा डरले क्ष्ोपारो भएर एक बृक्षको टोडकामा लुक्नु परेको थियो भने दक्षिणी भेगका कमाण्डर(दिगपाल) जुन दक्षिणपुरीको राजधानी संयमनीपुरका सम्राट मृत्युका पती पनि हुनुहुन्छ , उन्को नाम सूर्य पुत्र यम जस्को अर्को रुप काल भनेर भनिन्छ । सबैलाई ग्रास गर्ने यमराजले पनि त्यस दशाननको डरले कौवा बनेर लुक्नु परेको थियो । स्वयंयकालले पनि डरेरै होला दशाननलाई आफ्ना लोक यमपुरी(संयनीपुरी) लिन नसकेर रावण काल बिजेता भएर युगान्तकारी बनेको हुनुपर्छ । कालले नसकेको लाई श्रीरामले परास्त गरेकाले श्रीराम जी कालको पनि काल हुनुहुदो रहेछ । नश्वर काललाई रावणले अवस्य जिते पनि शाश्वतकाल संग उ परास्त हुन गयो । श्रीराम भनेका शाश्वतकाल हुन । श्रीरामको दुईहजार चिरा भएको शेष र सरस्वतीले  जति बर्णन गरे पनि कमै हुन्छ भने पौराणिक आधारमा सन्तबचन श्रबणका आधारमा पौराणिक गनथनको जमर्को प्रयास मात्र गर्न खोज्ने सामान्य ज्ञानहीन क्षणभंगुरे यो पंत्तिकार को आयो उस्ता अलौकिक परात्माको बर्णन गर्ने ? । श्रीरामजीको अलौकिक गुण लिला र रावणको शक्तिको बारे अहिले लाई यतिकै बिट मारौ । अव लागु लेख्न खाजेको प्रसंग तर्फ ः ।
     एक दिनको कुरो थियो । अबध राजदरवार क्षेत्र मध्यका महलहरु मध्ये दशरथ राजसदन( मन्जिल) जहा राजमाता भानुमन्त पुत्री कौशल्या राजहोईबक्सीन्थ्यो । त्यसै कौशल्या कक्षमा महर्षि अगत्स्य पत्नी गुरुमा  विदर्भराज पुत्री लोपामुद्रा जी, तेश्री चांहि हिमवतखण्डकै कोदालो वन जहाका राजा केशरी हुनुहुन्छ । उहांकी महारानी कुन्जर पुत्री अन्जना जुन बीर हनुमन्तकि माता पनि हुनुहुन्थ्यो ।( हनुमानले गुरु बचन पालन गर्न आफ्नो देशको राजा पद परित्याग  गरी किस्किन्ध्या नगरीमा आएर गुरु पुत्र सुगृवको प्रधानमन्त्री भएर श्रीरामलाई सहयोग गरेका थिए ।) श्रीरामलाई आशिर्वाद बधाई दिन दुवै महान नारी साकेतधाम( अयोध्याजी) आउनु भएको थियो । श्रीरामलाई आशिर्वाद दिने कार्य पुरा गरेर दशरथ मन्जिल कोशल्या कक्षमा  राजमाता कौशल्या, ऋषित्नी लोपामुद्रा र केशरी पत्नी अन्जना एक साथ बसेकि थिइन । त्रय महान आर्य नारीको भलाकुसारी गर्ने क्रममा राजमाता कौशल्याले हर्ष बिभोर भएर भनिर्न    कसैले गर्न नसकेको  युगान्तकारी एैतिहासिक काम मेरा पुत्र श्रीरामले गर्न सकेकोमा म धन्य भएकिछु । त्यति ठूलो चारसय कोस छीर सागरमा पुल बांधेर श्री लंका पुगेर रावण त्रिभूवन बिजेता माथि बिजय प्राप्त गरेर फिर्नु चानचुने काम कसरी भन्नु धन्य मेरो पुत्र श्रीराम  भनेर हर्षले बिभोर भएर चुप रहिन ।  आफ्नो छोरो श्रीरामको मुग्दकण्ठले प्रशंसा गरिरहेकि कौशल्याको कुरो सुनी हनुमन्तकि माता अन्जनाले एकै साथ रहेकी दुबै महानारीलाई हेर्दे भनिर्र्न    के रे के भनेकी कौशल्या बहिनी  श्रीरामले चारसयकोशमा पुल बांधेर श्रीलंका पुगेर ठूलो काम गर्यो रे ?  । कौशल्यार्ले   हो नि र्त  अन्जना दिदि ठूलै काम हो र्नी  भनेको सुन्दा अन्जनाले भनिर्न   तिम्रो छोराले पुल बाधेर लंका पुगे  मेरो छोरो हनुमन्तले एक छलांगमै चारसय कोसको समुन्द्र पार गरेर लंका प्रवेश गरेर सीता अशोकबाटीमा भएको सुधी (खवर) पुल निर्माण हुनु पूर्ब तिम्रो छोरालाई पुर्याई दिएका थिए । अर्को पुरुषार्थको कुरो लक्ष्मण मुर्छित हुंदा संजिवनी बुटी खोज्न ढिलाई भएकोमा बुटी भएको पहाड सिंगै र बैद्धराजको कुटी सहित भएको हिमबतखण्डको पहाडलाई कांधमा बोकेर आकासमार्गको बाटो गरी लंका पुगाई दिएका थिए । हनुमन्तको काम भएन अदभूत बहिनी । अन्जनाको कुरो सुनी बिचरी बृद्धा कौशल्या चुप लागिन । त्यतिकैमा  अगत्स्य पत्नी बृद्धा लोपामुद्राले पनि आफ्नो मुख खोल्न सुरु गरिहालिर्न   के  भनेकि अञ्जना बहिनी तिमीर्ले तिम्रोे छोरोले छलांग मारेर चारसय कोसको समुन्द्रलाई नाध्यो रे ठूलै कार्य मान्यौ आफ्ना पुत्रर्को  । त्यसै समुन्द्रको जस्को चौडाई चारसय कोस रामेश्वर देखी त्रिकुट गिरी अवस्थीत सिंहलद्धिप जसको अर्को चर्चित नाम श्रीलंका पनि हो त्यहा सम्म मात्र चार सय कोस छ भने लम्बाई दधि सागर मधु सागर हुंदै अन्य महासागर संग जोडिन पुगेकोछ तहां तिम्रो छोरो पुगेको छैन लम्बाईमा तमामौ ठूला ठूला सागर संग मिल्न गई बनेको बृहत महा सागरलाई  नै मेरा पति देव महर्षि अगत्स्यज्यू महाराजले मात्र तीन घुट्कामै पिई दिएका थिए ।मात्र तीन आचमनमा त्यत्रो विशाल समुन्द्रलाई सुकाई 
दिनु यसलाई के मान्नु हुन्छ । लोपामुद्रा र अञ्जनाको कुरो सुनी कौशल्याले सोचिन मेरो छोरो बाट केहि भएको रहेनछ । उनि केहि न बोली रहिन । श्रीराम जी  त्यतिकै मर्यादापुरुषोत्तम कहलिएका थिएन । उहां सर्बगुण सम्पन्न हुनुहुन्थ्यो । उहां सबैलाई सम्मान गर्नु हुन्थ्यो । जुनसुकै बृद्ध स्त्री पुरुष श्रीरामका लागि दशरथ कोशल्या जस्तै सम्मानीत हुन्थे । जाती पाती उच निच भेदभाव गर्न उनले कैल्हे जानेका थिएनन । उन्को शासनकाल मा उदार भाव समानभाव,सम्मानभाव हुन्थ्यो । राज्यका जनतामा  अल्प मतको कदर गर्ने हकमा एक धोबीको कुबिचारलाई  समेत उनले कार्यान्वयन गरेका थिए । जसले हामी श्रीराम समालोचकलाई ठूलो पीडा भएको बोध हुन जान्छ । आजका राजाको कुरो छोडौ मेयर,मन्त्री,प्रधानमन्त्रीको पत्नीको कुनै जनताले यसरी कुरा काटेमा काटने वाला के त्यसै राज्यमा सुरक्षित रहन सक्ला ? यदि कुनै कुलटा नै किन नहोस  (व्यभिचारिणी)नारीको बारेमा पनि कुनै ले कुरो काटेको सुनेमा उस्कै पतिबाट के जोगिन सक्ला ?  बिल्कुल बच्तैन । धोबी श्रीमती साथ अबधमै रह्यो सीता परित्याग पश्चात श्रीराम एक हजार बर्ष सम्म विना पत्नी( सीता) त्यसै अबधमा बिधुर भएर शासन गरे ।निर्दोाष पतिब्रता सीतामाता प्रति औलौ ठड्याउने अति तल्लो श्रेणीको जनताको अप्रिय बचनको समेत राजा रामले  मुल्यांकन गरे । सीतामाता प्रति आक्षेप लगाएकोमा पंत्तिकार दुखित भएता पनि अलौकिक महाप्रभूको लीला भनेर सहेको अबस्य छु धोबी काण्डलाई समर्थन भने किमार्थ गरेको होइन । श्रीरामजी आफु समानका प्रजालाई भाई समान ,प्रजाकि स्त्रीहरुलाई गुरुमा अरुन्धती माता कोशल्या,केकेयी र सुमित्राजीहरुकै समान मान्दथे । अन्जनी पनि माता समान नै थिइन । लोपामुद्रा को हकमा उनि पनि गुरुमा नै थिइन । किनभने बशिष्ठजीको तेश्रो जन्ममा मित्रा बरुण र उर्वसी अप्सराको संसर्गबाट घट(टयूव)अर्थात कुम्भ बाट जुम्ल्याहा दुई बालकको जन्म भयो । जस्मा जेठा अगत्स्य र कान्छा चांहि सूर्यबंशी क्षेत्रीयराजकुलका कुल गुरु आपव महर्षि बशिष्ठ थिए । यसरी लोपामुद्रा महर्षि बशिष्ठकि साखै भाउज्यू तथा गुरुमाता अरुन्धतीकि जेठानी थिईन । यसप्रकार लोपामुद्रा पनि श्रीरामजीकी गुरुमाता नै हुन । वनबासकालमा अगत्स्य दम्पतीबाट श्रीरामले तमामौ सहयोग पाएका थिए । यसरी एकै साथ बसेकी तीन जना आर्या महान नारीको दर्शनार्थ आशिर्वचन लिने हेतु श्रीरामजी, दशरथ मञ्जिल पुगेका थिए । कक्षमा तीन जनाका साथ रहनु भएकी माता कौशल्या लाई निरास जस्ती भएकि देखेर श्रीरामजीले राजमाता कौशल्याजी तर्फ हेरेर भन्नु भर्यो  किन माता हजुरको मुहार मलिन देखिरहेछु ? गाथमा सञ्चो छैन कि किन हो र्?  ।  टाउको हल्लाउदै केहि होइन मलाई कुनै बिराम भएको छैन बार्बु  कौशल्याले भनिन ।
 रामले केहि जान्न खोज्दै पुनः सोर्धे  होइन माता आज मैले हजुरलाई उदास नै मानेकोर्छु 
केही न केही पीडा अबस्य भएको जस्तो छ । कौशल्याले प्रिय पुत्र श्रीरामलाई कुरो लुकाउन उचित ठानिन र उनले लामो सुस्केरा तान्दै रामतिर हेरेर भन्न लागिन र्
  कुरो के नी  भने छोर्रा  उनी बिस्तार भन्दै गइर्न  मैले भने मेरो छोरो ले चारसय कोसको समुन्द्रमा पुल बांधेर लंका पुगि त्रिलोकको रोग जस्तो रावणलाई मारेर स्वदेश फर्केर सबै साधु,सज्जनको र धर्मको रक्षा जस्तो युगकै महान र असाधारण कार्य गरयो यस्तोे सर्ब कल्याणकारी गर्ने महान पुत्र जस्तो पाएर आज मेरो उदर धन्य भयो भन्ने कुरो यहांहरु दिदी द्धयमा राखे । तर दिदीहरु दुबैले मेरो कुरो प्रति असहमती जनाउदै भनिर्न  यति सानो कामलाई पनि महान देख्छयौ बहिनी आफ्नो छोरो भनेर ठूलो काम मान्न पुगेकी हौ कया ? यो पनि एकप्रकार अस्वाभिक त होइन । तर पुल बाध्ने काम अरुका अगाडी दंग परिहाल्नु पर्ने केहि होइन भनेर अञ्जना दिदीले भनिन । उन्को कुरो सुनी म आश्चर्य परेर जोस्सीदै मैले भने त्यति ठूलो कार्यलाई केही होइन रे  के भन्दैहुनुहुन्छ दिदी तपाई ?। मेरो कुरो सुनी यि अन्जना दिदीले भनिर्न  आ बहिनी समुन्द्रमा पुल हालेर लंका पुगेको ठूलो मान्यौ र ? त्यसै समुन्द्रमा मेरो छोरोले एक छलांगमै नाघेर लंका पुग्यो । फेरी सुन हिमाञ्छीत क्षेत्रबाट सुमेरु पहाड र पहाडमा रहेको बैद्यको कुटी सहित भएको पर्बतलाई नै बोकेर लंका पुगाई मुर्छित तिम्रा अर्का छोरा लक्ष्मणको उपचार गरायो । अन्जनाको कुरो टुंगिन नपाउंदै उनकै नजिक बस्नु भएकि  गुरुमाता लोपामुद्राले त झन ति दुबैका कुरालाई पनि सामान्य मान्दै भनि हालिन । त्यो त्यति ठूलो कुरो केही होइन । म त त्यसलाई ठूलो मान्दिन । हेर बहिनी अदभूत कार्य त मेरा पति देव महर्षि अगत्स्यजीले त्यति ठूलो पृथ्बी भन्दा तीन भागले ठूलो भरिएको समुन्दलाई नै मात्र तीन अञ्जुलीले नै सुकाई छाडे । यसप्रकार यि दुई जना दिदीहरुका कुरा सुनी साच्चै रहेछ । यिन्का अगाडी  मेरो छोरोको कार्य त केहि पनि रहेनछ भनेर चुप लागेकि हु छोरा दुःख बिरामले मलिन भएकी छुइन् ।
 माता कौशल्याको कुरो सुनी भगवान श्रीरामले हांसेर भन्नु भयो र्।  तिम्रो छोरा हनुमन्तले पनि मेरो छोरा श्रीरामको नामले छलाग मार्न सफल भएको हो । मेरो छोरोको नाम बिना कहांको सुमेरु पर्बत आकासमा बोकेर सफल हुन सक्थ्यो सब मेरै पुत्र श्रीरामको नामका कृपाले मात्र सफल हुन सकेको हो दिदि भन्न सक्नु भएन । त्यस्तै गुरुमा लोपामुद्रालाई पनि भन्न सक्नु भएन मार्ता   समुन्द्रको पुरै जल मात्र तीन अञ्जुलीले पिउन सफल हुने काम मेरै पुत्रका नामले हो । पुल हाल्ने आदेश दिने बाला मेरै पुत्र श्रीरामको नामको मदत पाएर समुद्र शोस्न सफल भएका हुन हाम्रा गुरु हजुर्का पतिदेब महर्षि अगत्स्यजी महाराज दिदी, भनेर भन्दिबक्स्योसन, माता यसरी यति सानो कुरो मात्रले निरास होईबक्सने  हुने के काम माता ? र्र्।  भनेर माता कौशल्यालाई शान्तवना दिनु हुदै तीनै जना बृद्धालाई प्रणाम गरेर  कोपभवन(भरतसदन) को बाटो हुदै श्रीराम राजसभा सुन्दर भवन तिर लागे । जहां कुलगुरु एबं शिक्षा संस्कृति मन्त्री आपव महर्षि बशिष्ठज्यू मडामहारानी सीता ज्यू  भरतादि माण्डबी,लक्ष्मण उर्मिला,शत्रुध्न श्रुतकीर्तिअधिराजकुमार अधिराजकुमारीहरु , मन्त्री सुमन्त,धर्मपाल,आक्रोम,राष्ट्र्बर्धन,जयन्त,श्रृष्टि ज्यू लगायत अष्ठ मन्त्रीमण्डल राजप्रसादका उच्च पदस्थ कर्मचारीहरु सुत मागध बन्दीजन राज्यका गण्यमाण्य व्यक्तिहरु सहितले सभाभवन खचाखच थियो । सवको हातमा फुलमाला थियो । सबैे प्राण प्यारा राजाको दर्शनको प्रतिक्षामा थिए ।  त्यतिकै राजा श्रीराम अंगरक्षक बीर हनुमान साथ सभाभवनमा प्रबेश गर्दा सभासदले उठेर कत्वलध्नीका साथ स्वागत गर श्रीेराम राजाको जयजयकार गरे ।श्रीरामले सबैलाई प्रणाम गरेर सबैलाई इसारा द्धारा बस्न आग्रह गरे । सभाभवन भित्र सरासर गएर श्रीरामजी राजमहिषि सीताजीलाई बामांग पर्ने गरी राखिएको अति उच्च बिशिष्ट मणिजडित सिंहासनमा गएर  बिराजीत भए । 
यसरी श्रीमन्ननारायणब्रमाण्डनायक महाप्रभुको मानसंकल्पले महाप्रलय प्रलय सृष्टि आरम्भ जस्ता अलौकिक कार्य केबल भगवानका लहडले मात्र अकल्पनीय कार्य पुरा हुने गर्दछन ।उनै महाप्रभुको मानुषि नरलीला रुप भनेको दशरथ र कौशल्याजीको पुत्ररत्नको रुपमा लिई बक्सेको अबतरण औतारको रुप को नाम हो  राघव राघवेन्द्र रघुपति, रामचन्द्र । जे पनि चौधभुवनमा अकल्पनिय कार्य भएकाछन त्यसै शक्तिको नाम हो श्रीराम । श्रीरामको लीला अपरम्पार छ ।बैदीक कालमा जे जति असाधारण कार्य यसै शक्तिशाली नाम जय श्रीराम उच्चारण बाट नै सफल भएकाछन । त्यसैले रामनामको ठूलो महिमा छ । रामनाम प्रभावेण स्वयम्भूः सृजते जगत ।विभर्ति सकलं विष्णुः शिव संहरते पुनः ।।(महाशम्भु संहिता) जसरी आकासमा अगणित तारा स्थित छन कति छन भनेर कोई जान्न सक्तैन त्यस्तै रामनाममा अगणित बह्माण्ड  एबं अगणित  ब्रह्मा विष्णु शिव  स्थित छन श्रीरामनामका अंश बाट सब उत्पन्न हुने गर्दछन । मानौ श्रीरामनाम यिनी सबैमा परिपूर्ण हुनुहुन्छ । पद्य्म पुराण मा पनि भनिएकोर्छ  रामनामांशतो याता ब्रह्माण्डाः कोटि कोटिशर्ः  रार्म  नामको केबर्ल  र्र  बाट नै त्रिदेव( ब्रह्मा बिष्णु र शिव )को उत्पत्ति हुन पुग्दछ । रकाराज्जायते ब्रह्मा रकाराज्जायते हरिः।रकाराज्जायते शम्भु रकारात्सर्व शक्तयः यसरी बिभिन्न महापुराण, संहिता आदि शास्त्रहरुमा अनन्त ब्रमाण्डको संचालक नै श्रीराम मात्र भनिएको छ । उस्ता अनन्त महाप्रभूको भक्तिपूर्बक गरिएको नाम संकीर्तन जाप प्रभावले श्रीरामनाम कृपाबाट त्यतिखेर राम भक्तहरुले महानकार्यलाई पनि सजिलै संग सफल गर्न सकेका हुन । जस्तो समुन्द्र शोषण,समुन्द्रमा छलांग मार्नु सुमेरु पहाडलाई कांधमा उडाएर सजिलै संग श्रीलंकामा पुगाई दिनु जस्ता असाधारण कार्य हरु गरेका पाइन्छ सव कृपा वाट भएका थिए ।त्यसैले हामीहरु पनि बस्ता उठता रिक्सा चढदा पैदल हिडदा सुत्दा खांदा जपौ जयश्रीराम यहि मात्र साथ रहन्छ जगत असत्य छ , सत्य छ भने एक मात्र परात्मा सत्य छ । त्यसैले परामात्माको रुप श्रीरामको सहाराका लागि उनै महापुरुषले लिएको मनुश्य रुप श्रीराम भन्दा अर्को कुनै बिकल्प  छैन उनैलाई जपौ स्मरण गरौ राममा रमाउं यही एक मुक्ति मार्ग अपनाउ ।अस्तु ।
                               



सोमबार ०९, असार २०७६ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal