अत्तरिया, ।निर्माणाधिन अत्तरिया (मोहनापुल ६ लेन सडक खण्ड मा नेपालमा वर्षायाम सुरुभए सँगै हिलाम्मे बन्दै गएको छ । पैदल यात्री, साईकल, मोटरसाईकल देखि स्थानियलाई उक्त सडक खण्डले दुर्दशा बनाएको छ ।
समयमा काम सम्पन्न नहुदा गर्मी मौसममा धुवाको मुस्लो र बर्षा मौसममा हिलो संगै लडिबुडी खेल्दै गएका छन यहाँका स्थानिय एव यात्रुहरु ।
भावी दिनमा राम्रो र स्तरिय सडक बन्नका लागि पुराना सडकखण्डलाई भत्काउदै नयाँ डाइभर्सन सहितको बाटोमा सामान्य खाले परेको झरीले पनि यहाँको जनजीवन सास्ती भोग्दै आइरहेका छन ।
अत्तरिया(मोहना सडक खण्डलाई ३ टुक्रामा बिभाजित कामलाई जति सक्दो चाडो सकाउन सरकारी स्थर बाट दबाब दिदा पनि समयमा बिद्युत पोल नसारिदा काम बन्न नसकेको कुरा कम्पनीका कर्मचारी बताउछन । कम्पनीलाई काम गर्ने सरकारी तवरबाट ब्यावस्थपनको वातावरण नभएको ले अहिले यस्तो दुख पाउदै गरेका छन ।
मोहनापुलदेखि बोराडाडाी सम्मको झण्डै साढे ४ किलेमिटर सडक निर्माणको जिम्मा पाएको ठेक्का पाएको नागार्जुन निर्माण सेवा र बाकी २ टुक्रा पाएको राजेन्द्र निर्माण सेवाले अहिलेको समयमा काममा तिब्रता ल्याए पनि बर्षातको समय भएकाले काममा तेती प्रभावकारी नदेखिने कुरामा प्रश्ट देखिन्छ । हतारको कामले ढाकछोक गर्ने प्रबृती नदेखिएला भन्न सकिदैन ।
प्रतिकृया दिनुहोस