कैलाली जिल्लाको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सुदुरपश्चिम अञ्चल सामुदायिक अस्पतालले ३० रुपैयाँमै विशेषज्ञ सेवा उपलब्ध गराई रहेको छ। विपन्न, असाय तथा दुर दराजका जनतालाई सस्तो र सहज रुपमा सुविधा दिने उद्देश्यले ३० रुपैयामै सेवा दिन थालिएको सुदुरपश्चिमअञ्चल सामुदायिक अस्पतालका संञ्चालक पुर्वअध्यक्ष लालमणी जोशीले जानकारी दिनु भएको थिए ।
उहाँले गरिव ,असहाय ,असक्त,दुर दराजका व्यक्तिहरुलाई सस्तो र सहज तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले सामुदायिक अस्पताल संञ्चालन गरिएको बताउनु भयो र उहाँले भन्नुभयोकी सामुदायिक अस्पताल सरकारी अस्पताल सरह सेवा सुविधा उपलब्ध गराई रहेका छौ ।हामीले हाम्रो अस्पतालमा ३० रुपैयामै विशेष सेवा सुविधा लिन सकिने व्यवस्था गरेका उहाले बताएका छन।सरकारी अस्पताल सरह सेवा सुविधा उपलब्धगराउने व्यवस्था मिलाईएको र अरु अस्पतालमा जादा डाक्टरलाई चेकजाच गराउनका लागि रु ५ सय रुपयाँ तिर्नु पर्ने र हाम्रो यहाँ भने ३० रुपयाँमा मात्र बिरामी पर्चा काट्ने व्यवस्था मिलाई उपचार गराई रहेका छन।
उहाँले ग्रामिण क्षेत्रका जनतालाई सहज तवरले सुविधा दिनका लागि अस्पताल खोलिएको बताउदै कम भन्दा कम खर्चमा उपयुक्त सुविधा दिईने छ। २४ सै घण्टा सेवा साथै अस्पतालले निशुल्क शिबिर , आकास्मिक सेवा ,ओ।टी, वार्ड सेवा क्याविन, प्योथोलोजि , एक्स(रे ईन्डास्कोपी , भिडियो एक्सरे, इसिजी, फिजियोथेरापी , जनरल फिजिसियन कन्सल्टेन्ट, फार्मेसी औषधी पसल , २४ सै घण्टा एम्बुलेन्स सेवा शव बहन र सि आर एमको सुविधा, ७० बर्षका बृद्बबृदा का लागि निःशुल्क हेल्थ क्यापिङ उपचारको व्यवस्था रहेको जानकारी दिदै उक्त अस्पताल गोदावरी नगरपालिका वडा न। १ को पुर्व रोड दिवस सिनेमा हल नजिकै संञ्चालनमा रहेको समेत जानकारी दिनु भएका थिए।
प्रतिकृया दिनुहोस