अपराजित न्यूजिल्याण्ड शीर्ष स्थानमा, वेष्ट इन्डिजमाथि रोमाञ्चक जित

Yugnepal     720 पटक पढिएको    

 

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा अपराजित टिम न्यूजिल्याण्डले अप्रत्यासित खेल खेल्दै आएको छ । न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । 

शनिबार रातिको खेलमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई ५ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

म्यानचेस्टरमा न्यूजिल्याण्डले दिएको २९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो ।

जित नजिक पुगेर पनि वेष्ट इन्डिजले समर्थकलाई निराश पारेको हो । कार्लोस ब्रैथवेटले १०१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

क्रिस गेलले ८७ रन बनाए । शिम्रोन हिटमायरले ५४ रन बनाए ।

न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा लकि फर्गुसनले ३ विकेट लिए ।

न्यूजिल्याण्डको इनिङ

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनायो । 

कप्तान केन विलियमसनले १४८ रन बनाए । उनले १५४ बलमा १ छक्का र १४ चौकाको मद्धतले विलियमसनले उक्त योगफल बनाएका हुन् । यस्तै रोस टेलरले ६९ रन बनाए । 

वेष्ट इण्डिजका सेल्डोन शेन कोट्रेलले ४ विकेट लिए । यस्तै कार्लोस ब्रैथवेटले २ र क्रिस गेलले १ विकेट लिए ।

अंक तालिका 
न्यूजिल्याण्ड ६ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । अष्ट्रेलिया ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

तेस्रो स्थानको भारतले ५ खेलबाट ९ अंक जोडेको छ । ६ खेलबाट ८ अंकको इंगल्याण्ड चौथो, ६ अंकको श्रीलंका पाँचौं, ५ अंकबाट बंगलादेश छैटौं स्थानमा रहेको छ । 

विश्वकपबाट लगभग बाहिरिइसकेका वेष्ट इन्डिज, पाकिस्तान र दक्षिण अफ्रिकाको समान ३–३ अंक छ । 

अफगानिस्तान ६ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 



आइतबार ०८, असार २०७६ १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.