काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी प्रतियोगिताको शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।
ब्राजिललाई जित दिलाउन कासिमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले १–१ गोल गरे ।
यस्तो छ गोल समय
ब्राजिलले १२ औं मिनेटमा कासिमिरोको गोलबाट पहिलो अग्रता बनायो ।
१९ औं मिनेटमा फिर्मिन्होले ब्राजिलको अग्रतालाई २–० को स्थितिमा ल्याए ।
३२ औं मिनेटमा एभर्टनले गोल गर्दै ३–० ले अग्रता दिलाए ।
५३ औं मिनेटमा अल्भेसले गोल गर्दै ४–० ले अग्रता बनाए ।
९० औं मिनेटमा विलियनले गोल गर्दै ५–० को जित दिलाए ।
इन्जुरी समयमा गाब्रियल जिससले पाएको पेनाल्टीलाई भने गोलमा परिणत गर्न सकेनन् ।
भेनेजुएला बोलिभिया बीचको खेल
भेनेजुएलाले अन्तिम खेलमा बोलिभियालाई ३–१ को गोल अन्तरले हरायो ।
डार्बिन माचिसले दुई तथा जोसेफ मार्टिनेजले एक गोल गरे । बोलिभियालाई सान्त्वना गोल लियोनल जस्टिनियानोले दिलाए ।
अंक तालिका
जितसंगै समूह ‘ए’ को ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । तेस्रो स्थानमा रहदै ४ अंक जोडेको पेरुले भने क्वार्टरफाइनल प्रवेशका लागि हुने प्ले अफ खेल्नेछ ।
यस समूहबाट भेनेजुएला उपविजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । भेनेजुएलाले ५ अंक पायो भने अंकविहीन बोलिभिया प्रतियोगिताबाट बाहिरियो ।
प्रतिकृया दिनुहोस