काठमाडौं, रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारलाई सकुशल उद्धार गरिएको छ ।
आज बिहान ७ वजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो ।
बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा काम गर्ने सिलसिलामा सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए ।
उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।
‘सबै १७ जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको छ । उहाँहरु खतरामुक्त भएकाले आत्तिनुपर्ने अवस्था केही पनि छैन,’ रसुवाका डिएसपी भोगेन्द्र ढकालले बताए ।
प्रतिकृया दिनुहोस