कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति रु कहाँ कहाँ खर्चन्छन् पैसा

Yugnepal     665 पटक पढिएको    

कहाँ राख्छन् बिल गेट्सले सम्पत्ति रु कहाँ कहाँ खर्चन्छन् पैसा

 विश्वका धनाढ्य व्यक्तिहरु अरबौँ खरबौँको सम्पत्ति कहाँ राख्छन् होला रु यो सबैको कौतुहलताको विषय हो । धनाढ्यहरुको सूचिको टपमा थुप्रै वर्ष रहेर अहिले दोस्रो स्थानमा झरेका बिल गेट्सँग ९० विलियन अमेरिकी डलर सम्पत्ति छ । उनको कमाईको मूख्य स्रोत माइक्रोसफ्ट कम्पनी हो । उनी यस कम्पनीका सहसंस्थापक हुन् । २०१४ मा कम्पनीको अध्यक्षबाट राजीनामा नदिँदासम्म उनी त्यहाँका सबैभन्दा ठूलो व्यक्तिगत सेयरधनी थिए । अहिले पनि उनीसँग माइक्रोसफ्ट कम्पनी किन्न पुग्ने सम्पत्ति छ ।

संसारकै दोस्रो धनी बिल गेट्स आफ्नो सम्पत्ति कहाँ राख्छन् त रु

संस्थाहरुमा लगानी
बिल गेट्सको कुल सम्पत्तिको २० प्रतिशत माइक्रोसफ्ट कम्पनीमा छ । यसबाहेक उनले क्यासकेड इन्भेष्टमेन्ट्समार्फत थुप्रै कम्पनी र विजनेसमा लगानी गरेका छन् । क्यासकेटमार्फत उनले रिपब्लिक सर्भिसेज नामक फोहोर व्यवस्थापन कम्पनीमा दुई विलियन डलरको हाराहारीमा लगानी गरेका छन् । नेनल कार डिलरसिप फ्रान्चाइज अटोनेशनमा उनको ६८० मिलियन डलर लगानी छ । त्यस्तै, सरसफाइसम्बन्धी सामान बनाउने इकोल्याबमा पनि उनको लगानी छ । त्यस्तै, म्याकडोनाल्ड लगायतका चार वटा सिजन्स होटलमा उनको लगानी छ ।

उनले हालै बीजीसी ३ नामक थिंक ट्याङ्क एण्ड भेन्ट्युर क्यापिटल फर्मको स्थापना गरेका छन्, जसले विज्ञान तथा प्रविधिसम्बन्धी काम गर्दछ । यसबाहेक, उनी डिजिटल इमेज लाइसेन्सिङ एण्ड राइटक कम्पनी कर्बिस, न्युक्लियर रियाक्टर कम्पनी टेरापावर र रिसर्चर र साइन्टिस्टका लागि रिसर्च गेट नामक सामाजिक संजालमा पनि प्रत्यक्ष रुपमा आवद्ध रहेका छन् ।

रियलस्टेट
प्राइभेट आइल्याण्ड लगायतका रियलस्टेटमा पनि बिल गेट्स लगानी गर्छन् । लेक वासिङटनमा उनको ६६०० वर्गफिटमा फैलिएको प्रविधिमैत्री ह्बलबमग द्द।ण् छ, जहाँ ६ वटा भान्सा, २४ वटा बाथरुम र ६ वटा फायरप्लेसेज रहेका छन् । यहाँ, लाइट, म्युजिक लगायत सबै कुरा अटोमेटिक छन् । यसको मूल्य १५० मिलियन डलरभन्दा बढी पर्न आउँछ ।

२०१३ मा बिल गेट्सले फ्लोरिडामा ८।७ मिलियन डलरको बंगला किनेका थिए । त्यस्तै, सेन्ट्रल अमेरिकामा रहेको ग्राण्ड बग के नामक ३१४ हेक्टर मा फैलिएको आइल्याण्ड पनि उनकै रहेको बताइन्छ । यो आइल्याण्ड अमेरिकाको सबैभन्दा ठूलो आइल्याण्ड हो । २५ मिलियनभन्दा बढी खर्चेर उनले त्यो आइल्याण्ड किनेको बताइन्छ ।

प्लेन र अटोमोबाइल
बिल गेट्सको बम्बाडियर बीडी ७००, ग्लोबल एक्सप्रेस नामक एउटा निजी प्लेन छ । अल्ट्रा लङ रेन्जको उक्त जेटको मूल्य ४५ मिलियन डलरको हाराहारी रहेको छ । नेटजेट्सको मेम्बर रहेका उनीसँग बोइङ बिजनेस जेटको सेयर पनि रहेको छ । यो जेट प्रायः उनी आफ्नो फाउन्डेसनको कामको लागि मात्रै प्रयोग गर्छ्रन् । त्यस्तै, अटोमोबाइल्समा पनि उनको रुचि रहेको छ । थुप्रै कारहरु भए तापनि उनी नर्मल मर्सिडिजमा आफैँ ड्राइभ गरी यात्रा गर्न रुचाउँछन् ।

कलेक्टिबल्स
संकलन गर्न लायक कुराहरु खरिद गरेर राख्ने उनको सौख रहेको छ । १९९४ मा उनले लियो नार्दो दा भिन्चीको म्यानुस्क्रिप्ट ३०।८ मिलियन डलरमा किनेका थिए । कोडेक्स लिसेस्टर नामको उक्त म्यानुस्क्रिप्टमा भिन्चीका आविष्कारहरुका बारेमा उल्लेख गरिएको छ । यसबाहेक, पेन्टिङ लगायतका सजावटका सामानहरु उनले अक्सनबाट किन्ने गरेका छन् ।

समाजसेवी काम
समाजसेवी काममा पनि उनको हात अगाडी रहेको छ । बिल एण्ड मेलिन्डा फाउन्डेसन संसारकै ठूलो फाउन्डेसन बन्न सफल भएको छ । यसबाहेक, उनले थुप्रै युवाहरुलाई समाजसेवी काम गर्न, अरुलाई सहयोग गर्न र दान गर्न उत्प्रेरित गरेका छन् ।  बैंकिङ खबर । 



शुक्रबार ०६, असार २०७६ ०२:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal