इंग्ल्यान्डको दाउ शीर्ष स्थान, श्रीलंका दोस्रो जितको खोजीमा

Yugnepal     704 पटक पढिएको    

इंग्ल्यान्डको दाउ शीर्ष स्थान, श्रीलंका दोस्रो जितको खोजीमा

 

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली इंग्ल्यान्ड र श्रीलंकाबीचले नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यता, श्रीलंका भने दोस्रो जितको खोजिमा छ ।

वर्षाले सताएको श्रीलंकाले यसअघिको पाँच खेलमध्ये दुई खेलमा हार र दुई खेलमा पानीको कारण रद्द भएपछि अंक बाँडेको थियो । त्यस्तै, श्रीलंकाले एक खेलमा भने जित हात पारेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंकाले दोस्रो खेलमा भने अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो । तर त्यसपछिका दुई खेल लगातार पानीको कारण श्रीलंकाले अंक बाँडेको थियो । पाकिस्तान र बंगलादेशविरुद्धको खेल पानी परेपछि रोकिएको थियो ।

त्यसपछि अष्ट्रेलियाविरुद्ध भएको खेलमा भने ८७ रनले हार्न पुगेको थियो ।

यता, इंग्ल्यान्डले भने आफुले खेलको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । आफ्नो पहिलो खेलमा नै दक्षिण अप्रिmकालाई १०४ रनले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हार्न पुगेको थियो । त्यसपछिको लगातार तीन खेलमा जित हात पारेको छ । इंग्ल्यान्डले बंगलादेशलाई १०६, वेष्ट इन्डिजलाई ८ विकेट र अफगानिस्तानलाई १५० रनले हराएको थियो ।


दिमुथ करुनरत्ने  कप्तान  धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

इओइन मोर्गन  कप्तान , जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।



शुक्रबार ०६, असार २०७६ १२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.