बोराबाट विद्यालय बनाउँदै विजय

Yugnepal     834 पटक पढिएको    

बोराबाट विद्यालय बनाउँदै विजय

 

काभ्रे। नेपालबाट बिदेशमा पढ्न वा शिप सिक्न जाने चलन नौलो कुरो होइन। तर नेपालकै एउटा गाउँमा बिदेशीहरु बोराबाट कसरी घर बनाउन सकिन्छ भनेर सिक्न आउने गरेका छन्। 

गाउँमै पर्याप्त रोजगार, सेवा सुबिधा र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएर गाउँ फर्केका काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका, ठुलो बाङ्थली गाउँका युवा बिजय खड्काले अहिलेसम्म ५७ देशका ५७६ जना बिदेशीहरु र ५० जना नेपालीहरुलाई बोराबाट भवन निर्माण गर्ने बिधी सिकाउन भ्याइसकेका छन्। 

खड्काले आफ्नो लक्ष्यको एक खुट्किलो पार गरिसकेका छन्। उनले बोराबाट निर्मित अध्ययन तथा तालिम केन्द्र समेत स्थापना गरिसकेका छन्। बोरा, माटो, काँडेतार, फालेका फलामका टुक्राबाट निर्माण गरेको उक्त भवन भुकम्प प्रतिरोधी र अन्य किसिमका भवन भन्दा बातावरण मैत्री रहेको उनको दाबी छ। निजी प्रयासमा थालेको उक्त कार्यक्रमले ग्रामीण पर्यटनमा ठुलो सहयोग समेत पुर्याएको छ। बिकट गाउँमा बिभिन्न देशहरुबाट पर्यटक आउँदा गाउँमा रोजगारीको साथै अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ।  

अब खड्काले फालेका प्लास्टिक र शिसाका बोतलहरुबाट बातावरण मैत्री संरचना निर्माण तालिम दिने योजना बनाएका छ्न्। उक्त योजना सुरु भए पछि गाउँको फोहर ब्यवस्थापनमा सहयोग पुग्नुका साथै गाउँ सुन्दर हुने उनको तर्क छ। होमस्टेको कन्सेप्ट पुरानो भईसकेकोले मौलिक शिप, योग र अन्य ज्ञानलाई ग्रामीण पर्यटनसँग जोडन सके मात्र ग्रामीण पर्यट्न टिक्न सक्ने उनको धारणा छ।

ु नेपालीसँग पनि मौलिक ज्ञान र सिप छ, अझ हाम्रो मौलिक तरिका बाताबरण मैत्री र दिगो छ, यसलाई थप बिकास र प्रवर्धन गर्नसके हामी विश्वको गुरु बन्न सक्छौ ु, उनी भन्छन्। 

सुस्ताएको ग्रामीण भेगमा बिभिन्न कृयाकलाप गरी आशाका दियो बाल्ने र नबिनतम योजनाहरु सन्चालन गर्न सक्ने युवाहरुलाई राज्यले सहयोग गरी उत्साहित बनाउन सके बिजय खड्काले भने झै दिगो बिकास र आत्मनिर्भर गाउँ बनाउन सहज हुनेमा सरोकारवालाहरुले ध्यान दिन जरुरी छ। 



शुक्रबार ०६, असार २०७६ ११:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal