धनगढी असार २ - प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन् । चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख बजेट विजियोजन गरिएको छ।सरकारले कृषि, सडक, खानेपानी, सिचाई, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ।
यसका लागि ५ करोडढ बिनियोजन गरिएको छ । सार्वजनिक निजिी साझेदारीका आधारमा मझौला स्तरको जलविद्युत आयोजना लाई प्रदेश गौरबको आयोजनाको रुपमा विकास गर्न १० करोड बजेट प्रस्ताव गरिएको छ ।
बजेटको सिद्धान्तमा कृषिलाई प्राथमिकतामा राखिने भनिए बमोजिम कृषिका लागि छुट्ट्याइएको बजेटमा शतप्रतिशत बृद्धि गरिएको छ । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा “नमुना कृषि गाउँ आफै बनाउ” अभियान सहितको मुख्यमन्त्री एकिकृत कृषि तथा पहुपंछी विकास कार्यक्रम सञ्चालन गर्न ४४ करोड बिनियोजन गरिएको छ ।
स्वास्थ्य तर्फ सेती अस्पतालमा सिटी स्क्यान सेवा शुरु गर्न साढे आठ करोड बजेट राखिएको छ भने महाकाली अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र सघन उपचार कक्ष निर्माणका लागि साढे चार करोड बजेट राखिएको छ ।
शिक्षामा चालू आर्थिक बर्षकै कार्यक्रमलाई निरनतरता दिइएको छ । युवा स्वरोगार कार्यक्रम सञ्चालन गर्न स्वरोजगार विकास कोषमा आगामी आर्थिक बर्षमा १० करोड रकम थप गर्ने घोषणा गरिएको छ ।
सबैले आलोचना गर्दै आएको प्रदेशका प्रत्यक्ष्ँ निर्वाभित सासंदहरुके मुख्य भूमिका रहने स्थानीय पूर्वाधार विकानस कार्यक्रमको रकम बढाएर प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड खर्च गर्न सकने बनाइएको छ ।
यस कार्याक्रमका लागि सत्तापक्षीय सासंदहरुले पाँच करोड बजेट माग गर्दै आर्थिक मामिला मन्त्रीलाई दवाव बढाएका थिए ।
बजेट भाषण सकिएपछि प्रदेश सभा परिसरमा प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दलका नेता डा। रण बहादुर रावलले बजेट फेरी पनि बितरणमुखी रहेको बताउनुभयो । उहाँले यस बजेटले परिणाम दिन नसक्ने बताउनुभयो ।
बजेट बारे अध्ययन नै नगरीकन सतही रुपमा टिप्पणी गरिएको भन्दै आर्थिक मामिला मन्त्री बोहराले सम्बृद्धि तर्फ अगाडि बढेको बजेट रहेको बताउनुभयो ।
मन्त्री बोहराले आन्तरिक आयको अवस्था कमजोर रहेकाले आगामी आर्थिक बर्षका ८८ करोड राजश्वको अनुमान गरिएको बताउनुभयो । मन्त्री बोहराले यथार्थपरक ढंगले बजेट बिनियोजन गरिएको र बजेट शतप्रतशत कार्यान्वयन हुने गरी ल्याएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस