नेपाली बैंकहरु जस्तै भारतका बैंकहरु पनि यतिबेला तरलता संकटको अवस्थामा छन् । बारम्बार दोहोरिरहने यस समस्याको दीर्घकालीन समस्याको समाधानका लागि भारतको केन्द्रीय बैंकले एउटा जुक्ति निकालेको छ ।
रिजर्व बैंक अफ इण्डियाले तरलता समस्याको समाधानका लागि एक महिनाभिमा एक समिति गठन गर्ने भएको छ । उक्त समितिले बैंकहरुमा तरलता व्यवस्थापनलाई सहज गर्ने उपाय निकाल्नेछ । यसका लागि तरलता समस्याको विषयमा विस्तृत अध्ययन गरिने बताइएको छ । तरलताको समस्या के हो, किन र कसरी हुन्छ भन्ने विषयमा अध्ययन गरी व्यवस्थापनको दीर्घकालीन उपायको खोजी गर्ने आरबीआईको योजना छ ।
मौद्रिक नीति र तरलता नीतिबीचको फरकपनका कारण बजारमा केन्द्रीय बैंकप्रति नराम्रो सन्देश गइरहेको छ । यसको प्रत्यक्ष असर भारतको अर्थ व्यवस्थामा परिरहेको छ । यस्तो अवस्थामा, आरबीआईले तरलता प्रवाह गर्दा मूल्यमा मात्रै नभएर आवश्यक परिमाणमा फोकस गर्नुपर्ने विज्ञहरुको सुझाव छ । परिस्थितीको मागअनुसार तरलता व्यवस्थापनको योजना बनाउनुपर्ने उनीहरु बताउँछन् ।
आरबीआईले तरलता समस्यालाई अन्तरबैंक दृष्टिकोणबाट हेर्नु र अघिल्लो रातको मूल्यलाई मात्रै ध्यान दिनु सबैभन्दा ठूलो समस्या रहेको सरोकारवालाहरुको बुझाई छ । आर्थिक वर्षको सुरुवातमा नै तरलता व्यवस्थापन गरिनुपर्ने बैंक अफ अमेरिकाका चिफ एकोनोमिस्ट मेरिल लिन्चको धारणा छ । बजारको आवश्यकतालाई ध्यानमा राखेर केन्द्रीय बैंकले समयमा नै समाधानको उपाय निकाल्नुपर्ने देखिन्छ । बैंकिङ खबर
प्रतिकृया दिनुहोस