तरलता समस्या समाधानका लागि बैंकर्स संघको नयाँ आईडिया

Yugnepal     1249 पटक पढिएको    

तरलता समस्या समाधानका लागि बैंकर्स संघको नयाँ आईडिया


 नेपाल बैंकर्स संघले तरलता समस्या समाधानका लागि नयाँ उपाय निकालेको छ । मौद्रिक नीतिको तयारी गरिरहेको नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै संघले बजारमा तरलता सहजताका लागि तरलता बण्डको अवधारणा अघि सारेको हो ।

अन्तर्राष्ट्रिय जगतमा जस्तै नेपालमा पनि तरलतासँग सम्बन्धित बण्ड तथा डिबेन्ञ्चरहरु जारी गर्दा ’क्यापिटल रिडेम्सन रिजर्भ’ राख्ने अभ्यास गरिनुपर्ने बैैंकर्सको सुझाव छ । केही वर्षका लागि मात्रै जारी गरिने बण्डको भुक्तानीका लागि हरेक वर्ष २० प्रतिशत छुट्याएर राख्ने प्रचलन हटाउनुपर्ने बैंकर्सको माग छ ।

त्यस्तै, बैंकरहरुले भारतले भर्खरै अभ्यास सुरु गरेको एक्सटर्नल कमर्सियल बरोइङ नेपाली केन्द्रीय बैंकले पनि सुरु गर्नुपर्ने सुझाव दिएका छन् । विदेशी बैंकहरुसँग लिएको ऋणमा परिवत्र्य विदेशी मुद्रा (डलर) मा कारोवार गरी भारुमा लेखांकन गर्न सकिने भएकाले नेपालले पनि सहभागिता जनाउन सक्ने र यसो गर्दा विनिमय जोखिम पनि नरहने संघले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले अधिक रहेको विदेशी मुद्रा निक्षेपलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिइरहेको विदेशी ऋण सम्बन्धी ब्यवस्था अनुरुप परिचालन गर्न पाउने भएमा यसले देशमै रहेको स्रोतलाई प्रोत्साहन गर्ने र तरलता अवस्था सहज गर्न सहयोग पुग्ने पनि संघले उल्लेख गरेको छ । बैंकिङ खबर  



शुक्रबार ३१, जेठ २०७६ ०७:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal